Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रधानमन्त्री ओलीले आफ्नो बदनामित अनुहार छोप्न अध्यादेशको तरबार देखाए

अहिले विश्व नै कोरोना महामारीबाट एकदमै भयवीत अवस्थामा छ । नेपाल पनि महामारीले निम्त्याएको असजताबाट गुज्रिरहेको छ । यो संकटको बेला सबैको ध्यान र विशेष गरि राज्यसत्ताको ध्यान महामारी नियन्त्रणतर्फ मात्रै केन्द्रित हुनुपर्दछ । यो बेला, महामारी नियन्त्रणमा आवश्यक कदमहरु चाल्दै प्रभावित जनतालाई राहत दिने गरि राज्यले कार्यक्रम सञ्चालन गर्नुपर्दछ । राज्यको सबै स्रोत र साधन नै महामारी नियन्त्रण र राहतमा केन्द्रित गरिनुपर्दछ । तर, यस्तो गम्भिर समयमा पनि हाम्रा प्रधामन्त्री भने फरक राजनीतिको रोटी सेक्न मस्त बनेका छन् । प्रधानमन्त्री केपि शर्मा ओली र उनको नेतृत्वको सरकार एकदमै बेमौसमको बाजा बजाउन व्यस्त बनेको छ । सरकारले जुन अध्यादेशहरु मन्त्रिपरिषदबाट पारित गरेर राष्ट्रपतिबाट अनुमोदन गर्ने काम गरेको छ, यसले वास्तवमा “कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने उखानलाई चरितार्थ गरेको छ । सरकारका पछिल्ला कदमबाट, सरकार विस्तारै–विस्तारै यहि लकडाउनको मौका छोपेर सबै घर–घरमा थुनिएको अवस्थामा एकांकी ढंगबाट सत्ता कब्जा गर्ने दुस्प्रयासमा तल्लिन भएको महसुस गर्न सकिन्छ । संविधानलाई कुल्चदैं संवैधानिक परिषदमा प्रतिपक्षी दलको नेताको अनिवार्य उपस्थितिलाई समेत लट्कार्न खोजिएको छ । अहिले सरकार संसदीयलाई प्रक्रियालाई मिच्दै एकल ढंगबाट सरकार चलाउन आफ्ना कदमहरु अगाडि बढाएको स्पष्ट हुन्छ । यो बेला, सरकार प्रमुखको गतिविधि हेर्दा, उनि निरंकुशता अनि अधिनायकवाद तर्फ लम्किरहेको प्रष्ट देखिन्छ । प्रधानमन्त्री ओलीले आफ्नो रणनीति सफल बनाउन, राजनीतिक पार्टी फुटाउ र राज गरको अभियान चलाउन खोजेका छन् । संविधानसभाबाट बनेको संविधानमा संसदीय दल र केन्द्रिय समितिमा ४० प्रतिशत भएको अवस्थामा मात्रै पार्टी विभाजन गर्न पाउने व्यवस्था छ । राजनीतिक स्थिरताको लागि, पार्टीहरुमा विभाजन नआओस भन्नका लागि गरिएको व्यवस्थालाई अहिले ओलीले आफुँ अनुकुल परिवर्तन गराउन लागेका हुन् । अध्यादेशमार्फत उनले एकातर्फ पार्टीभित्रै निरंकुश बन्न तरबार चलाएका छन् भने अर्कोतर्फ आफैंको बदनामित अनुहार छोप्नको लागि प्रपञ्च अगाडि बढाएका हुन् । साथै ओलीले केहि साना पार्टीलाई फुटाएर दुई तिहाई बनाएर दुई तिहाईको तरबार देखाएर अख्तियारलाई तर्साउन पनि खोजेका छन् । ओली सरकार सेक्यूरिटी प्रिटिङ्ग प्रेस खरिद प्रकरण र स्वास्थ्य सामाग्री खरिद प्रकरणबाट जोगिन अख्तियारलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । यी कदम ओलीका नितान्त आफ्नो नालायकी पनलाई ढाकछोप गर्ने रणनीति मात्रै हो । तर यसको दुस्परिणाम स्वंयमले नै भोग्नुपर्ने देखिन्छ । यत्रो महामारी फैलिरहेको बेलामा लकडाउन बाहेक राज्यको तर्फबाट केहि दिन नसकेको बेला आफ्नो असक्षमतालाई ढाकछोप गर्दै अर्को असक्षमताको प्रदर्शन गर्नु अत्यन्तै घातक छ । उनले अध्यादेश ल्याए पनि, अध्यादेश संसदीय प्रक्रियाबाटै अनुमोदन गर्नुपर्ने हुन्छ । नेपालको संविधानमा ४० दिनभित्र अध्यादेशलाई संसदबाट अनुमोदन गरिसक्नु पर्ने हुन्छ । अहिले त संसद चल्ने पनि अवस्था छैन् । संसदीय प्रक्रियामा अध्यादेश गएको बेलामा नेपाली कांग्रेसले कडा विरोध गर्दै पारित हुन दिने छैन् । हामी अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई गुम्न दिनेवाला छैनौं । ओली र उनको सरकारले चालेको अहिलेको कदम एक दुस्साहस मात्रै हुनेछ । (गुरुङ्ग नेपाली कांग्रेसका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies