Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अटो रिक्सा चालकको पीडाः खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने ?

झापा । झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउछन् । उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्न् ठूलो चिन्ता छ ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत एक महिनादेखि मुलुकमा लागू भएको लकडाउनका कारण उहाँले अटो रिक्सा चलाउन पाएका छैनन् । अटो रिक्सा चलाउन नपाएसंगै उहाँलाई घर खर्च टार्न र अटो रिक्साको किस्ता तिर्न समस्या भएको हो । “प्रत्येक महिना किस्ताबापत रु १५ हजार तिर्नु पर्छ”, उनले भने, “एक महिनादेखि अटो रिक्सा घरमै बस्यो अब कसरी किस्ता तिर्ने ।”

अटो रिक्सा चलाएर दैनिक रु एक हजारदेखि १५ सयसम्म कमाई गर्दै आर्च टार्दै आएका थिए । तर, अटो रिक्सा नै नचलेपछि अहिले उनलाई घर खर्च चलाउन समेत धौ–धौ छ । तिम्सिनाले भने, “मुलुकमा लकडाउन छ, बालबच्चा स–साना छन्, एकातिर उनीहरुलाई कसरी खुवाउने चिन्ता छ, अर्कोतिर त्यो भन्दा ठूलो चिन्ता यो महिनाको किस्ता कसरी तिर्ने हो भने छ ।”

पाँच वर्षअघि रोजगारीको खोजीमा कतार गएका तिम्सिनाले विगत सम्झदै भने, “यहाँ मेनपावरले भनेजस्तो कतारमा काम र कमाइ नपाइएपछि लगत्तै घर फर्कनु प¥यो । कतार जाँदा लागेको ऋण पनि तिर्न नसकी घर फर्कनु परेपछि पुनः भारतको सिक्किम गएँ । सिक्किममा झण्डै दुई वर्ष काम गरे । जसोतसो ऋण तिरेर स्वदेशमै केही गरौला भन्ने सोचका साथ नेपाल फर्किएर अटो रिक्सा किनेर कुदाउन थालेको हुँ । तर, लकडाउनले समस्या माथि समस्या थपेको छ ।”

उनको जस्तै समस्या छ झापाको अर्जुनधारा नगरपालिका – १ का लोकवहादुर फुयाल र हरि वहादुर वस्नेतलाई पनि । ऋणमा लिएको अटो चलाएर परिवार पाल्दै आएको थिए लोकवहादुरले भने, “एक महिनादेखि घरमै बस्दा समस्या माथि समस्या थपिएका छन् । अटो रिक्सा कुदाउन पाएको भए दुई चार पैसा आम्दानी हुन्थ्यो । अहिले हात पनि खाली छ घरमा भएको अन्नपात सबै सकियो, किस्ता तिर्न त परको कुरा हो, कसरी खाने भन्ने नै ठेगान नै छैन ।”

बस्नेतको पनि उस्तै समस्या छ । मासिक रु १३ हजार पाँच सय किस्ता तिर्दै आउनुभएका उहाँले पनि अटो चलाएर नै घर खर्च टार्दै आएका थिए । तर, अहिले मुलुक पूर्ण रुपमा एक महिनादेखि लकडाउनमा रहेकाले उनलाई पनि घर चलाउन समस्या भएको हो । मुलुक लकडाउन भएसंगै झापाका झण्डै दुई हजार अटो रिक्सा चालकको अवस्था करिब करिब उस्तै छ । अधिकांशले अटो रिक्सा किस्तामा लिएर चलाउँछन् । उनीहरुले साप्ताहिकदेखि मासिक रुपमा किस्ता वुझाउँदै आएका छन् ।

लकडाउनका कारण रिक्सा चालकको मात्र होइन, व्यवसायीको पीडा पनि उस्तै छ । अधिकांश व्यवसायी अहिले लामो समयसम्म मुलुक लकडाउन हुँदा निरास छन् । कारोवार नै ठप्प भएपछि घर भाडा र बैंकको व्याज कसरी तिर्ने भन्ने व्यवसायीमा चिन्ता छाउँदै गएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताए । “करोडौं रुपैयाँ बंैकबाट व्याजमा लिएर अटो रिक्सा खरिद गर्दै किस्तामा बिक्री गरिएको छ”, हलेसी ट्रेड लिङ्क बिर्तामोड प्रालिका सञ्चालक चुडामणि पौडेलले भने, “मजदूरले अटो रिक्सा कुदाउन नपाएपछि उनीहरुले कसरी किस्ता तिर्छन्, उनीहरुले किस्ता नतिरेपछि हामी व्यवसायी घरको न घाटको हुने अवस्था आयो ।”

विपन्न समुदायका नागरिकहरु अटो रिक्सा चलाएर गुजारा चलाउँछन् उनले भने, “लकडाउन खुल्ने ठेगान छैन । लकडाउनले मजदूर मात्र होइन, हामी साना व्यवसायीहरु पनि ठूलो मारमा छौं ।” अहिलेको यो लकडाउनले विपन्न परिवारलाई ६ महिना पिरोल्छ उनीहरुलाई हामीले कसरी छिटो किस्ता तिर भन्ने समस्या माथि समस्या रहेको उनको भनाइ छ । “आफ्नो कम्पनी अहिले पनि सात सयवटा अटो रिक्साको जवानीमा बसेको छ”, उनले भने “किस्ता तिर्न यदि कुनै कारणले कुनै ग्राहकले ढिलाई गरे भने बैंकले सञ्चालक म स्वयंलाई तागेता गर्छ ।” हामीले विदेशिने युवालाई स्वदेशमा रोजगारीको वातावरण सृजना गर्न किस्तामा अटो रिक्सा बेचेका हौं उनले भने, “अहिले उनीहरुको पीडा भनेर साध्य छैन ।

विपन्न परिवारका नागरिकलाई स्थानीय तहले दैनिकी चलाउन समस्या भएको भन्दै उनीहरुको पहिचान गर्दै राहत सामग्री वितरण गरेपनि कतिपय अटो रिक्सा चालकले अझैंपनि राहत सामग्री पाएका छैनन् । यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी देखिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE