Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

अघिअघि टेलिकम, पछिपछि एनसेल

काठमाडौं । कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न सर्वेक्षण गर्ने अहिलेसम्मकै नौलो प्रयोगको सुरुवात पनि सेवा प्रदायकले गरिसकेका छन् । संयोग भन्नुपर्छ, प्रतिस्पर्धी मुख्य दुई सेवा प्रदायकले बन्दाबन्दीयता सार्वजनिक गरेका प्रायः सबै सुविधा र सन्देश मिल्दाजुल्दा छन् ।

बन्दाबन्दीको समयमा सकेसम्म भावनात्मक रूपमा समेत जोडिने प्रयासमा देखिन्छन् सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल । एक किसिमले यी दुई सेवा प्रदायकबीच आफ्ना ग्राहकसँग नौलो तरिकाबाट जोडिने अप्रत्यक्ष प्रतिस्पर्धासमेत देखिन्छ । त्यही प्रतिस्पर्धामा यसपटक भने टेलिकम अगाडि परेको छ ।
कुनै समय एनसेलले सार्वजनिक गर्ने डेटा अथवा भ्वाइस सुविधापछि मात्र बजार प्रवद्र्धनको रणनीतिमा जुट्न थाल्ने टेलिकम कोरोनाबारे सन्देश प्रवाह गर्ने अथवा नयाँ सेवा सार्वजनिक गर्ने काममा अहिले ‘लिडर’ बनेको छ । यस अर्थमा कि टेलिकमले पछिल्लो समय सार्वजनिक गरेका हरेक नयाँ सेवा र सन्देश एनसेलले करिब उस्तै ढङ्गबाट लगत्तै सार्वजनिक गर्दै आएको छ ।

टेलिकमले पहिलोपटक चैत ६ गते कोरोना सङ्क्रमणका लक्षणसहितको सीआरबीटी सन्देश दिन सुरु गर्यो । प्रयोगकर्ताले टेलिकमको अर्को नम्बरमा फोन गर्दा त्यस्तो सन्देश सुन्नसक्ने सुविधा थियो । एनसेलले त्यसको केही दिनपछि यस्तै किसिमको सन्देश आफ्ना प्रयोगकर्तालाई दिन सुरु गर्‍यो ।

नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्जमा शतप्रतिशत बोनस र ऋण सापटी उपलब्ध गराउन निर्देशन दिएको अर्को दिन टेलिकमले चैत ११ गते रातिदेखि १८ गतेसम्मका लागि यस्तो बोनस उपलब्ध गराउन थाल्यो । एनसेलले त्यसको अर्को दिन चैत १२ गते रिचार्जमा ५० प्रतिशत बोनस उपलब्ध गराउन सुरु ग¥यो ।

त्यसको अर्को दिन नै फेरि रिचार्जमा १२० प्रतिशतसम्म बोनस दिने घोषणा एनसेलले गर्‍यो । प्राधिकरणको निर्देशनअनुसार टेलिकमले प्रयोगकर्तालाई सापटी सेवा भने उपलब्ध गराएन । एनसेलले बोनससँगै यस्तो सुविधा पनि उपलब्ध गरायो ।

कोरोनाबाट सम्भावित सङ्क्रमितको पहिचानमा सहयोगी हुनेगरी टेलिकमले वैशाख २ गतेदेखि सर्वेक्षण सुरु गर्‍यो । कोरोनाको लक्षणअनुसार तयार गरिएका प्रश्नको प्रयोगकर्ताले उत्तर दिनुपर्ने व्यवस्था यसमा गरिएको थियो । एनसेलले वैशाख ४ गतेदेखि ठीक यस्तै सर्वेक्षण सुरु गर्‍यो ।

यसमा एनसेलले सर्वेक्षणपछि कोरोनाको लक्षण र बच्ने उपायसहितको म्यासेज पठाउने नयाँ काम थप गरेको थियो । दुवै कम्पनीले कोभिड १९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेका थिए ।

ब्यालेन्स सकिएर आफन्तसँग सम्पर्क गर्न नसकेका आफ्ना करिब दुई लाख प्रयोगकर्ताका लागि टेलिकमले शून्य ब्यालेन्समै फोन, डेटा र एसएमएस प्रयोग गर्नसक्ने सुविधा वैशाख ८ गतेदेखि सुरु गर्‍यो । एनसेलले वैशाख ९ गते जिरो ब्यालेन्समा त्यस्तै किसिमको सुविधा ग्राहकलाई उपलब्ध गरायो । यसमा ग्राहकले पछि पैसा तिर्न सकिने विकल्प एनसेलले उपलब्ध गराएको थियो ।

यसबीचमा एनसेलले मोबाइलमा आफ्नो नेटवर्कको नाम देखाउने ठाउँमा प्रयोगकर्तालाई घरमै बस्ने आग्रहसहितको नयाँ प्रयोग पनि गर्‍यो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE