Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

रूसमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ७० हजारभन्दा बढी

मस्को । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा थप पाँच हजार ९६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उक्त भाइरसको सङ्क्रमणका कारण रूसमा ६८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा थप ६६ व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै रूसमा सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् विगत २४ घण्टामा मात्रै रूसमा ६८२ कोरोना सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका बताइएको छ ।

देशको सबैभन्दा बढी प्रभावित मानिएको राजधानी मस्कोमा विगत २४ घण्टामा थप दुई हजार ६१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । रूसी राजधानीमा शनिबारसम्ममा ३९ हजार ५०९ जनामाा सङ्क्रमण देखिएको छ ।

रूसको उपभोक्ता अधिकार तथा मानवहितका लागि सक्रिय संस्था रोसपोट्रेवनाजोरले शनिबार एक विज्ञप्ति जारी गरी रूसमा शुक्रबारसम्ममा एक लाख ६८ हजार ५५ व्यक्तिलाई भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । भाइरस सङ्क्रमणको सुरूको अवस्थामा ल्याब परीक्षणमा पनि सङ्क्रमण पुष्टि नदेखिने हुँदा उनीहरूलाई निगरानीमा राखिएको हो ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो । अहिलेसम्ममा एकैदिन सबैभन्दा बढी यही अप्रिल १९ मा छ हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

रूसको यतिवेलाकोे सबैभन्दा प्रमुख कार्य कोभिड–१९ सङ्क्रमण र सामाजिक तथा आर्थिक क्षतिको प्रभावलाई नियन्त्रण गर्ने रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बताएका थिए।

रूसी केन्द्रीय बैंकले शुक्रबार उसको प्रमुख कर्जा दरलाई सन् २०१३ पछि पहिलो पटक ०।५ प्रतिशत अङ्कले कटौती गर्दै कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिई ५।५ प्रतिशत बनाएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending