Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

स्वदेश फर्किन नपाएका नेपालीे नाका फेर्दै फर्किँदै

दार्चुला । नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल प्रहरी तैनाथ छन् । नेपाली आफ्नो देश फर्किन नपाउँदा अहिले नाका फेर्दै स्वदेश फर्किन थालेका छन् । सुरक्षाकर्मीलाई छल्दै उनीहरु महाकाली नदीमा हाम फालेर, ट्युब तरेर स्वदेश आउँदैछन् ।

व्यासको दुम्लिङसम्म नेपाल प्रहरीको उपस्थिति छ । तर पनि नेपाल फर्किन चाहने नेपाली दुम्लिङभन्दा माथिल्लो क्षेत्र घाटीबगर भएर आज ३४ नेपाली स्वदेश फर्किएका छन् । महाकाली नदीमा जघाँर तरेर उनीहरु घाटीबगर हुँदै नेपाल प्रवेश गरेका हुन् । त्यो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएपछि त्यो मार्ग अपनाएका हुन् । माल्पा क्षेत्रमा काम गर्न गएका उनीहरु त्यहीबाट नेपाल आएका छन् ।

महाकाली तरेर स्वदेश आउनेमा बझाङको बुङ्गल नगरपालिका– १ का एक जना, छविसपाथी गाउँपालिकाका– ७ का एक महिला र २७ पुरुष, जाजरकोटका तीन जना तथा दार्चुला नौगाड गाउँपालिका वडा नं २ का दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । घाटीबगरबाट उनीहरु हिँडेरै व्यासको दुम्लिङ पुगेका छन् ।

लकडाउन अवधिमा अन्तरराष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि दार्चुलामा महाकाली नदी तरेर आउने क्रम झन बढेको छ । शुक्रबार मात्र तीन जना नेपाली महाकाली तरेर नेपाल भित्रिएका थिए भने बुधबार नौ जना सदरमुकाम खलङ्गा नजिकैबाट नेपाल आएका थिए ।

लालीको रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छन् । महाकाली नदीमार्फत नेपाली धमाधम स्वदेश आउन थालेपछि सरकारको निर्देशनअनुसार महाकाली नदी किनारै किनारमा पछिल्लो समय बाक्लो सुरक्षाकर्मीको उपस्थित गराइएको छ । तर पनि नेपाली महाकाली नदीमा पौडिएर, ट्युब तरेर, जघाँर तरेर आउनेक्रम भने बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहानसम्म एक महिनाको अवधिमा २५५ जना अवैधरुपमा महाकाली तरेर नेपाल आएका छन् । योबाहेक कैयौँ व्यक्ति लुेकर महाकाली हुँदै गाउँ पुगेका छन् । “एक महिनासम्म पनि आफ्नो देश ल्याउने कुनै सुरसार नभएपछि बाध्य भएर नाका फेर्नुपरेको हो, ठेकेदारको सहारामा माल्पा क्षेत्र पुगेका थियौँ, माल्पाबाट नेपाल तर्दै आउन बाध्य छौँ”, घाटीबगर हुँदै दुम्लिङ पुगेका सुवास बोहराले भने ।

“धार्चुलाको क्वारेन्टाइनबाट काम गर्न जान्छौँ भनेर माल्पा गएका थियौँ, पेटी ठेकेदारले केही दिन माल्पा क्षेत्रमा काम गरायो, पैसा नदिएर ठेकेदारसमेत भाग्यो जगत धाँमीले भने, “ठेकेदार भागेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएपछि महाकाली नदीमा जघाँर तर्यौ।” नौगाड– २ का गोविन्द ठगुन्नाले खलंगामा तर्न नसकेपछि माथि सरेको बताए ।

व्यास वडा नं २ दुम्लिङ पुगेका उनीहरुलाई दुम्लिङमा खाना खुवाएर व्यासको सुनसेरा ल्याउने तयारी छ । घाटीबगरभन्दा माथिल्लो क्षेत्रबाट आउन पनि बाटो छैन, व्यासका स्थानीय योगेश बोहराले भने, “त्योभन्दा माथि तर्ने ठाउँ पनि छैन ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जोशीले नेपाल आएका उनीहरुलाई कहाँ राख्ने भन्ने निक्र्यौल अहिले नै नभएको बताए । भारतमा रहेका नेपाली उद्धारका लागि सरकारसँग जिल्ला विपद् व्यवस्थापन समितिले समेत तत्काल उद्धार गर्न सरकारसँग अनुरोध पठाएको छ भने सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी भारतमा रहेका हजार बढी नेपाली स्वदेश ल्याउनुपर्ने माग गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE