भोजपुर । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरे ।
भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने, ‘‘प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनुपर्ने अवस्था छैन, हामीले शुरुमै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेकाले अहिले देखापरेको सङ्क्रमण सहजरूपमा सामना गर्न सकिरहेका छौँ ।”
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० श्ययाको आइसोलेसन अस्पताल तयार गरिसकेको उनले बताए । त्यस्तै उनले कोरोना रोकथामका लागि उच्च सतर्कताका साथ प्रदेश सरकारले काम गरिरहेको बताए । “सङ्क्रमित सङ्ख्या बढ्दै गएको भए पनि डराउनुपर्ने अवस्था छैन, प्रदेश सरकार आफैँले कोरोना भाइरसको छुट्टै उपचार गर्न अस्पताल निर्माण गरिसकेको छ, आवश्यक परेमा अन्य ठाउँमा पनि निर्माण गर्ने तयारीमा छ, यस प्रदेशमा उपचारमा कुनै पनि कमी हुनेछैन ।”
कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । “प्रदेश सरकारले स्थानीय तहमा राहत वितरण तथा स्वास्थ्य उपकरण खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ भने अन्य थप समस्या आएमा प्रदेश सरकारले सहयोग गर्छ”, उनले भने ।
उनले राहतका लागि प्रदेश सरकारले रु नौ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए। उक्त रकमबाट महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकाकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाखका दरले विनियोजन भएको समेत जानकारी दिए।
प्रदेशमा भएका क्वारेन्टाइनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तथा सुरक्षाकर्मी परिचालन गरी क्वारेन्टाइनको कडा निगरानी गरिने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । त्यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरेले विश्वव्यापीरूपमै स्वास्थ्य सामग्री अभाव भएको भए पनि प्रदेश नं १ मा स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणलगायतको व्यवस्थापन तत्काल गरिने बताए । उनले चिकित्सकको सल्लाहबमोजिम कोरोना नियन्त्रणका लागि प्रदेशका अन्य क्षेत्रमा अस्थायी कोरोना अस्पताल निर्माणका लागि गृहकार्य थालेको जानकारी दिए ।
सुरक्षा व्यवस्था तथा जनचेतनामूलक गतिविधि बढाएको भए पनि स्वास्थ्य सामग्री अभावका कारण सहजरूपमा सेवा प्रवाहमा कठिनाइ भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए । साथै उनले लकडाउनका कारण समस्यामा परेका कृषकलाई ध्यानमा राख्दै राहतको कार्यक्रम ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कोरोना रोकथामका लागि जिल्लामा भइरहेको काम तथा कामका दौरान उत्पन्न भएका समस्याको विषयमा प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी गराए। प्रजिअ पुरीले भोजपुर जिल्लामा तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको मुख्यमन्त्रीसमक्ष जानकारी गराए । गाउँपालिकालाई थर्मलगन चार थान, पिपिइ, १० थान, एन–९५ मास्क ५० थान स्यानिटाइजर ६० थान, पञ्जा एक हजार थान, भिटिएम र आरडिटी किट १००÷१०० थानलगायतका स्वास्थ्य सामग्री प्रदेश सरकारले उपलब्ध गराएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: