Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

वीरेन्द्रनगरमा २ करोड बराबरको राहत सामग्री वितरण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।

कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले शुक्रबारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो । कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिए ।

नगरपालिकाले कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको रु ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट रु छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जनाएको छ ।

कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माणकार्यलाई भौतिक दूरी कायम गरी रोगको सङ्क्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ । त्यस्तै यस अवधिमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको पत्ता लगाउन १६० जनाको दु्रत निदानात्मक परीक्षण (आरडिटी) गरिएको जनाएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना सङ्क्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy