काठमाडौं । वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतिक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर फर्किने चाँजोपाँजो मिलाउन यहाँस्थित दूतावास, पर्यटनसँग सम्बन्धित निकाय धाइरहेका छन् ।
नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने चाहनामा रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिए। उनका अनुसार छिमेकी मुलुक चीनसहित युरोपलगायत करिब ६० देशका एक हजार नागरिक घर फर्किने पहलमा रहेका छन् । कतिपय विदेशी नागरिक घर फर्किन पहल गरिदिन आग्रह गर्दै बोर्डलगायत संस्था धाइरहेका छन् । आजमात्रै १९ चिनियाँ नागरिक घर फर्किनका लागि पहल गरिदिन बोर्ड पुगेका थिए ।
त्यसो त लकडाउनकै अवधिमा विभिन्न मुलुकका चार हजार ५३२ विदेशी नागरिक घर फर्किसकेका छन् । यो चैत १० देखि वैशाख ८ गतेसम्म विदेशी घर फर्कनेको विवरण हो । उक्त अवधिमा ३४ अन्तर्राष्ट्रिय उडान भएका छन् । यीमध्ये केही मानव उद्धार तथा कार्गो उडान हुन् । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा जहाजमार्फत उद्धार गरी आफ्ना नागरिकलाई स्वदेश फर्काएका हुन् । लकडाउनका कारण नेपालका विभिन्न गन्तव्यमा रोकिएका विदेशीलाई काठमाडौँसम्म ल्याउन बोर्डले सहजीकरण गरिदिएको थियो । यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायत मलेसिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर अचार्यका अनुसार सन् २०२० को मार्च महिनामा एक लाख १५ हजारको अन्तर्राष्ट्रिय आवागमन भएकामध्ये भारतीय नागरिकसहित ३५ हजार २३ विदेशी नागरिक नेपाल आएका थिए । यीमध्ये कतिपय विदेशी पहिला नै स्वदेश फर्किसकेका थिए भने । धेरै सङ्ख्याका विदेशी नेपालमा लकडाउन शुरु भएपछि घर फर्किन रोकिएका छन् ।
प्रमुख अध्यागमन अधिकृत आचार्यले मार्च महिना अर्थात लकडाउन शुरु हुनुभन्दा अघिको अवस्थामा आएका विदेशी नागरिकमध्ये कतिपय तीनदेखि पाँच दिनको अवधिम स्वदेश फर्किएको र बाँकी पदयात्रालगायत पर्यटन गतिविधिमा संलग्न तथा कूटनीतिक निकायमा आवद्ध विदेशी रहेकाले घर फर्किनेको सङ्ख्या त्यति धेरै नभएको बताए । नेपालमा झण्डै पाँच हजार विदेशी नागरिक विदेशी नियोगको कूटनीतिक कामका लागि नेपालमा रहेको बताइन्छ । बाँकी पर्यटक के कति छन् र उनीहरु कस्तो अवस्थामा रहेका छन् भनी नेपाल पर्यटन बोर्डले खोजी गरिरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: