Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

यसरी ल्याउँदैछ नेपाली सेनाले स्वास्थ्य सामग्री

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो ।

तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ । यस्तै केही सामान भने स्थलमार्गबाट ल्याउने तयारी भइरहेको छ । छिटोभन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहलअनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । कोभिड–१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसीएमसी)ले आज छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले सामान आयातका लागि विभिन्न ११ संस्था इच्छुक देखिएको जानकारी दिए ।

उनीहरुको निवेदनअनुसार छनोट प्रक्रिया जारी रहेको छ । गत शुक्रबार तीनदिने म्याद राखेर गरिएको आह्वानमा इच्छुक देखिएकाहरुको छनोट गरी सामान आयातको जिम्मा दिन लागिएको उनको भनाइ छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।

पैसा पठाएको सातदेखि १० दिनभित्र चीनबाट सामान उपलब्ध गराउने जानकारी आएको बताउँदै उहाँले ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको बताए । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उनले बताए ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकेको हो । स्वास्थ्य उपकरण खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने जनाएको छ । ती सामानमध्ये अत्यावश्यक सामान आयातका लागि हवाईजहाज पठाइनेछ । जहाजबाट तीन खेपमा सामान ल्याउने तयारी छ ।

यस्तै स्थलमार्गबाट आउने सामान भने ग्वान्जाओबाट सात दिन लगाएर नेपालको तातोपानी आइपुग्नेछ । भन्सार जाँच प्रक्रियाका लागि दुई दिन लाग्ने जनाइएको छ । अत्यावश्यक सामग्री हवाईमार्गबाट ल्याउने विषयमा हवाईसेवा प्रदायकसँग छलफल भइरहेको उनले जानकारी दिए। “हामीले नेपाल एयरलाइन्स र श्रीएयरसँग छलफल गरिरहेका छौँ”, उनले भने, “ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुगिनेछ ।”

अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उनले जानकारी दिए । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ ।

चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धता व्यक्त गरेको पनि जानकारी दिए ।

व्यक्तिगत सुरक्षाका सामग्री ९पिपिइ०, मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । प्रवक्ता पाण्डेले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । “हामीले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाएका छौँ, भारतीय पक्षसँग औषधि खरिदपछि भुक्तानी गरे पनि हुने जनाएको छ । भारतको विपिपिआइसँग औषधि खरीदका लागि सम्झौता भएको छ । कूल ५३ प्रकारको औषधि भारतबाट ल्याउन लागिएको हो ।

यस्तै स्वास्थ्य सेवा विभागले बोलपत्रमार्फत खरिद गरेका स्वास्थ्य सामग्री पनि केही आयात भइसकेको र केही आउने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । “अत्यावश्यक सामग्री खरिदका लागि भएको प्रयासअनुसार नै काम भएको छ । केही सामान आइसकेको छ भने केही आउने क्रममा छन्”, उनले भने ।

यस्तै यही चैत १० गते चीन सरकारले सहयोगस्वरुप पिसीआर मेसिन दुई, पिसीआर रिजेन्ट २० हजार, भिटिएम २० हजार र पिपिइ १० हजार प्राप्त भएको छ । साथै सिङ्गापुरबाट यही चैत १२ गते १० हजार थान पिसीआर परीक्षण किट प्राप्त भएको छ । देशभर नै पिपिइ, परीक्षण किट, औषधि र औषधिजन्य सामग्रीलगायत कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि आवश्यक पर्ने वस्तु पर्याप्त मात्रामा मौज्दात राख्नका लागि ३० आपूर्तिकर्तालाई स्वास्थ्य सेवा विभागमार्फत २० लाख एक हजार ३५६ अमेरिकी डलर बराबरको सटही सुविधा प्रदान गरिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE