ललितपुर । मानव अधिकारको अवस्था अनुगमनका लागि जिल्लास्तरीय ‘मानव अधिकार अवस्था अनुगमन’ समिति गठन भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का सन्दर्भमा मानव अधिकारको व्यवस्था अनुगमनका लागि चार तहका समिति गठन गर्ने निर्र्णयानुसार आज सो समिति गठन गरेको हो ।
नेपाल बार एशोसिएसनका अध्यक्ष अर्जुन महर्जनको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष ज्ञानप्रसाद पौडेल र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष टीकाराम दाहाल रहेका छन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष पौडेलले समितिले कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउन र जिल्लाका गतिविधि अध्ययन गरी मानव अधिकार आयोगलगायतका सम्बन्धित संस्थामा जानकारी गराउने निर्णय आजको बैठकमा भएको जानकारी दिए । उनले भने “ बैठकले जिल्लामा कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दीको अवधिमा मानव अधिकारका समग्र क्षेत्रको निरन्तर अनुगमन गर्ने निर्णय गरेका छाँै । जिल्लामा नागरिकको उपचारका लागि जिल्ला अस्पताल अनुगमन, स्थानीय सरकारले गरेको तयारी क्वारेन्टाइन, आइसोलेस, एम्बुलेन्स सेवा, राहत वितरण, अति आवश्यक वस्तुको उपलब्धता, नागरिकका दैनिक आवश्यकतालगायतका विषयमा समेत अनुगमन गर्ने निर्णय भएको छ ।” कार्यविधिमा दुई सदस्य थप गर्नसक्ने व्यवस्थानुसार समितिले आवश्यकता परेमा पछि दुई सदस्य मनोनीत गर्ने निर्णयसमेत गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
यसका साथै आयोगले कोभिड–१९ का सन्दर्भमा अधिकार व्यवस्था अनुगमन नेटवर्कको कार्यविधि, २०७६ मा तोकेका अधिकार क्षेत्रभित्र रही अनुगमन, सहजीकरण र रिपोर्टिङ पनि गर्ने निर्णय गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: