Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

माधव नेपाललाई फकाउँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो । केही समययता तिक्ततापूर्ण सम्बन्ध रहे पनि समस्या समाधान गर्न सत्तारुढ दलभित्र यस्तो अवस्था निम्तिएको हो।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चर्किएको अन्तर्विरोधले ओलीलाई रक्षात्मक स्थितिमा पुर्‍याएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन गर्न बेवास्तापछि ओली आफ्नै दलभित्र असजिलोमा पर्दै आएका थिए।

पार्टीलाई छलेर अध्यादेश ल्याउनेसम्मका काम गरेपछि अन्य नेता पनि उनको कार्यशैलीविरुद्ध दाहालसँगै उभिन पुगे। समस्या समाधान गर्न प्रधानमन्त्री ओली अहिले प्रयासरत छन्।

उनले यति बेला वरिष्ठ नेता नेपाल पक्षसँग हात मिलाउन चाहेका छन्। त्यसकै लागि उनी आफैं र आफूनिकट नेतामार्फत नेपाललाई फकाउने प्रयास भइरहेको छ। उनले सोमबार पनि नेपाललाई बालुवाटार बोलाएर झन्डै डेढ घण्टा छलफल गरे। छलफलको निष्कर्ष थियो- मिलेर जाऔं। ओलीले त्यसलगत्तै दुवै पक्षका दोस्रो तहका नेताको सामूहिक छलफल गराएर भए पनि सहमतिको खोजी गरेका थिए।

ओली–नेपाल भेटपछि कोटेश्वरस्थित नेपाल निवासछेउमै रहेको नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षका नेताबीच छलफल चलेको थियो। नेपालसहित उनी पक्षधर स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र ओली पक्षका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र परराष्ट्रमन्त्री रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीबीच त्यहाँ झन्डै ४ घण्टा छलफल भएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE