Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

नेताहरूले असहयोग नीति बनाए पनि राजीनामा दिन्‍न : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने।

आजको अन्नपूर्ण पोष्ट दैजिकमा खबर छ - सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने प्रयास गरेपनि सार्थक नभएपछि साँझ ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन्। ‘मिलेर जान आफूले नेताहरूलाई प्रस्ताव गरेको छु। नेताहरूको प्रतिक्रिया कसरी आउँछ त्यसपछि नै आफूले थप रणनीति बनाउँछु’, सांसदसँग ओलीले भनेको छलफलमा सहभागी काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी दिए।

‘म राजीनामा दिन्न। तपाईहरूले मलाई सहयोग गर्नुपर्‍यो’, ओलीलाई उदधृत गर्दै राईले भने। प्रधानमन्त्रीले आफूले मिल्न भने पनि दाहाल र नेपाल त्यो दिशामा अझै नदेखिएको भन्दै पार्टीमा भोलि जे सुकै अवस्था आइ लागे पनि सामना गर्ने गरी तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका थिए।

बालुवाटार भेलामा ओली निकट करिब दुई दर्जन भन्दा बढी सांसद उपस्थित थिए। पूर्व माओवादी धारका नेता तथा अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि भेलामा सहभागी थिए। उनले आफू प्रधानमन्त्री ओलीको पक्षमा रहेको र पार्टीका अन्य नेताले सरकारलाई सहयोग नगरिरहेको धारणा राखेको राईले जानकारी दिए।

भेलाका सहभागी सांसदका अनुसार ओलीले सक्दा माधव नेपाललाई फकाउने र त्यसो गर्न नसके संसदीय दलमा बहुमत सांसद पुर्‍याएर आफूलाई हटाउन चाहने सम्भावित तयारीको चुनौति दिने रणनीति बनाएका छन्।

प्रतिनिधि सभामा नेकपामा १७४ सांसद छन्। ओली पक्षका झण्डै ७५ जना सांसद खुलेको बुझाइ बालुवाटारको छ। संसदीय दलमा बहुमत पुर्‍याउन ओलीलाई थप ८८ जना सांसदले साथ दिनु पर्छ। ओली १० देखि १५ सांसद दाहाल र नेपाल पक्षबाट तान्न सकिने विश्वासमा छन्। दाहालसँग ५३ र नेपालसँग ४० देखि ४५ जना सांसद छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE