Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग

काठमाडौं । नेकपाभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न नेताहरूले वार्ता तीव्र बनाएका छन् । चरणबद्ध रूपमा भएका वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेको छ । ओली समूहले भने मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गरेर सहमति गर्न खोजेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - विवाद समाधान गर्न प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सक्रिय छन् । ओली समूह र नेपाल समूहका नेताहरूबीच सोमबार कोटेश्वरस्थित वन पैदावारको कार्यालयमा साढे चार घन्टा छलफल भएको थियो । अर्को समूहको तर्फबाट नेता नेपाल स्वयं, भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी थिए । छलफलमा महासचिव महासचिव विष्णु पौडेलले पनि भाग लिएका थिए ।

पार्टी र आन्दोलनको नेतृत्व गरेर यहाँसम्म आएको हुनाले माधव नेपालले संयमित भएर समझदारी निर्माणको अगुवाइ गर्न ओली समूहका नेताहरूले आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले पार्टी एकता बचाएर लैजान पनि अहिलेको अवस्थामा कम्तीमा पनि पूर्वएमाले समूह एकैठाउँ उभिनुपर्ने भन्दै त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए । तर, माओवादीसँग एकीकरण हुनुअघिदेखि नै गुटका आधारमा पार्टी नेताहरूलाई हेप्ने र पाखा लगाउने काम हुँदै आएकाले अहिलेको अवस्था सिर्जना भएको नेपालको भनाइ थियो ।

‘यो समस्याको लामो पृष्ठभूमि छ । त्यसैले पार्टी पद्धतिबाटै निकास निकाल्नुपर्छ, त्यसैले सचिवालय र स्थायी समितिको बैठक बोलाउनुपर्छ, पार्टीभित्र विवाद चर्किनुको सबै जिम्मेवारी लिँदै प्रधानमन्त्री र अध्यक्षको हैसियतबाट उहाँले निकास दिनुपर्छ, छोड्नुपर्छ भनेर माधव कमरेडले स्पष्ट भनाइ राख्नुभयो,’ छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने ।

पार्टीभित्र उत्पन्न संकटको समाधान प्रधानमन्त्रीको राजीनामा नै हो भन्नेमा आफू एक्लो नभएको नेपालको भनाइ थियो । पाण्डेका अनुसार नेपालले भनेका थिए, ‘भर्खरै पनि वामदेव कमरेडले फोन गरेर शनिबारको भेटमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भनेका कुरामा म अडिग छु, त्यसबाट म दायाँ–बायाँ हुन्न र भएको छैन भनिरहनुभएको छ, संकट समाधानको उपाय त्यही हो, अरू उपाय केही छ भने पनि बैठकमा छलफल गरेर अघि बढौँ ।’

उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष र प्रधानमन्त्रीलाई दुवै पदबाट मुक्त गराएर अवमूल्यन गर्न खोजिएको टिप्पणी गरेका थिए । ‘प्रधानमन्त्रीलाई यतिसम्म ह्युमिलेट त गर्नुभएन नि,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

ओली समूहका नेताहरूले पार्टीभित्र आफूहरूलाई नेपालको नेतृत्व स्वीकार्य हुने र त्यसका लागि एकता महाधिवेशनसम्म धैर्य गर्न सुझाएका थिए । बरु, अहिले नै समझदारी विकास गरेर जान सकिने उनीहरूको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूको भनाइ थियो, ‘यो पार्टी निर्माणमा, अहिलेसम्म यो अवस्थामा ल्याइपुर्‍याउन तपाईंको निर्णायक योगदान छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पनि सन्तुलित र समन्वयकारी नेताका रूपमा तपाईंको पहिचान बनेको छ,’ शंकर पोखरेलको भनाइ थियो, ‘त्यसैले अहिले सरकारलाई सफल बनाउने काममा तपाईंले भूमिका खेल्नुपर्छ, महाधिवेशनबाट तपाईंले पार्टीको नेतृत्व गर्ने गरी अहिल्यै समझदारी बनाएर अघि जान सकिन्छ ।’

त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विगतका कमीकमजोरी दोहोरिन नदिने संकल्पसहित मन्त्रिपरिषद् पुनर्गठन र केही मुख्यमन्त्री हेरफेर तथा नियुक्तिहरूमा ‘पावर सेयरिङ’मा समझदारी गर्दै अघि बढ्ने गरी समझदारी निर्माणको प्रस्ताव गरेका थिए ।

छलफलमा सहभागी नेता ज्ञवालीले राजनीतिक स्थिरतामा आँच पुग्ने बाटोतर्फ जानुहुँदैन भन्ने विषयमा छलफल भएको बताए । ‘खुलस्त र राम्रो छलफल भयो । कम्युनिस्ट आन्दोलन, राजनीतिक स्थिरता र देशको भविष्यप्रति साझा चिन्ता प्रकट भएको छ । त्यो चिन्तालाई आधार बनाएर समझदारी खोज्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘विषयलाई तन्काउने काम गर्नुहुँदैन, जहाँजहाँ कमीकमजोरी छन्, ती ठाउँहरूममा समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो ।’

उनले पार्टीका बैठकहरू बस्नुपर्ने, तर पहिले नै अडान लिएर बस्दा समाधान नहुने बताए । ‘बैठक बस्न जरुरी पनि छ, तर पहिले नै पोजिसन बनाएर गरिने बैठकबाट समाधान हुँदैन । त्यसकारण विभिन्न अनौपचारिक तहमा कुराकानी गरेर, अनुकूल वातावरण बनाएर बैठक बस्दा राम्रो हुन्छ भन्ने कुरा हामीले गर्‍यौँ,’ उनले भने, ‘जे जनताको अपेक्षा हो, हिजो चुनावमा जे प्रतिबद्धता गर्‍यौँ, राजनीतिक स्थिरतामा आँच पुग्ने बाटोतर्फ जानुहुँदैन भन्ने नै मोटामोटी छलफल भयो ।’

तर, नेपाल समूहका सबै नेताले भने मन्त्रिपरिषद् पुनर्गठनभन्दा पनि पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन गर्न ओलीकै अहंका कारण अन्तरविरोध उत्कर्षमा पुगेकाले जिम्मेवारी लिएर पदबाटै हट्दा उपयुक्त हुने प्रस्ताव दोहोर्‍याएका थिए ।

‘पार्टीलाई एकताबद्ध बनाएर लैजान कहिले को अघि बढ्नुपर्छ, कहिले को पछाडि हट्नुपर्छ, त्यसमा अन्यथा लिनुहुन्न । अहिले जे–जस्तो परिस्थिति उत्पन्न भएको छ, यो अरूको कारणले होइन । त्यसैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले नै निकास दिनुपर्छ भन्ने कुरा राखेका छौँ,’ नेपाल समूहका नेता रघुजी पन्तले भने, ‘हामीले अहिलेको अवस्थाबाट पार्टी र सरकार दुवै अघि बढ्न नसक्ने भएकाले सचिवालय र स्थायी समिति बैठक तत्काल बोलाएर निकास खोज्नुपर्ने प्रस्ताव गरेका छौँ ।’

उनले अर्कोतर्फबाट कुनै ठोस एजेन्डा प्रस्तुत नभएका कारण छलफल विनानिष्कर्ष टुंगिए पनि पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा भने राम्रैसँग छलफल भएको बताए । ‘धेरैजसो लामै सैद्धान्तिक कुरा मात्रै भए, उहाँहरूका तर्फबाट कुनै ठोस प्रस्ताव नआएकाले कुनै निष्कर्ष ननिस्किए पनि पार्टीलाई एकताबद्ध बनाउने कुरामा राम्रै छलफल भएको छ,’ पन्तले भने ।

त्यस्तै, माथिदेखि तलैसम्म एक व्यक्ति, एक पदीय जिम्मेवारीलाई नीतिगत रूपमै लागू गरेर जिम्मेवारी पुनर्गठन गर्नुपर्ने, पार्टीको संस्थागत निर्णयका आधारमा मात्र सरकार नियन्त्रणमा चल्नुपर्नेलगायत विषयमा छलफल भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE