काठमाडौ । आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । यद्यपि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ भने अन्य भूभागहरुमा त्यो भन्दा कम वर्षा हुने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो आँकलन विभागको मनसुनी वर्षा आँकलन गर्ने प्रारुप र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले सार्वजनिक गरेको दक्षिण एशियाको आगामी मनसुनी वर्षाको आँकलनका आधारमा तयार गरिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन् । सामान्यतया सरदर वर्षा भन्नाले कुनै पनि स्थानको लामो समय (सन् १९८१ देखि २०१०) को ३४ देखि ६७ प्रतिशतको वर्षालाई जनाउँदछ भने सरदरभन्दा कम र बढीको वर्षा भन्नाले क्रमशः ३४ प्रतिशतभन्दा कम र ६७ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।
यस वर्ष बङ्गलादेशको ढाकामा यही वैशाख ८ देखि १० गतेसम्म दक्षिण एशियाली मुलुकहरुको जलवायु दृष्टिकोणसम्बन्धी साझा मञ्चको १६औँ सत्र कोभिड–१९ को महामारीका कारण ‘अनलाइन सत्र’को रूपमा सम्पन्न भएको थियो । उक्त भिडियो कन्फ्रेन्समा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, भूटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान र म्यान्माका सरकारी सेवाका मौसम विज्ञानका विज्ञहरु र विश्व मौसम सङ्गठन, विश्व मौसम सङ्गठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिसलगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उनले बताइन्।
यस मञ्चले मुलतः यस वर्षको मनसुनमा दक्षिण एशियाली मुलुकमा हुने वर्षाको अवस्था कस्तो रहन्छ भन्ने विषयमा छलफल केन्द्रित रही यसको आँकलनसमेत गरेको छ । मञ्चका अनुसार दक्षिण एशियाका धेरै भागमा यस वर्षको मनसुनी वर्षा साधारणतयाः सरदर हुने भन्दै आफ्नो साझा दृष्टिकोण सार्वजनिक गरेको छ । सो दृष्टिकोण बमोजिम नेपाल, भारतलगायत धेरैजसो देशमा यस वर्षको मनसुन सिजनमा सरदर वर्षा हुने सम्भावना रहेको छ भने दक्षिणी तथा मध्य पाकिस्तानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।
उक्त साझा दृष्टिकोण दक्षिण एशियाको हावापानीलाई मुख्य प्रभाव पार्ने विद्यमान जलवायुको अवस्था र विश्वव्यापी जलवायु प्रारुपको ऋतुगत पूर्वानुमानको प्राविधिक विश्लेषण गरी मौसामविद्हरुद्वारा तयार गरिएको वरिष्ठ मौसमविद् डा कँडेलले बताइन्। साझा दृष्टिकोण तयार गर्ने क्रममा दक्षिण एशियाको जलवायुलाई प्रभाव पार्ने प्रशान्त महासागर र हिन्द महासागरको पानीको तापक्रममा निर्भर रहने जलवायु मोडल र अन्य सूचकको आँकलनसँगै अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी तयार गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: