दार्चुला । लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन् ।
मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरु नेपाल भित्रिएका हुन् । पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु ज्यानको बाजी राखेर भएपनि घर फर्किने क्रम बढेको छ । बुधबार बिहान मात्र महाकाली नगरपालिका–९ चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन् ।
भारतको मदकोट क्षेत्रमा काम गरी फर्किएका बैतडी डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र नेगी, अमर नेगी, प्रेम नेगी, पुष्कर विष्ट, डिलौशनी–३ का खेमराज बोहरा, रमेश बोहरा, ईश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, वीरसिंह धामी, बलवीर बोहरा, डिलाशैनी–७ का वीरबहादुर कार्की, पूर्चौडी नगरपालिका–१० का कर्णबहादुर विष्ट र दार्चुला नौगाड– ६ का वीरेन्द्र ठगुन्नाले ट्युब तरेर नेपाल भित्रिएका छन् ।
धार्चुला क्षेत्रमा रहेका नेपाली पुल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका हुन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिर्न बाध्य छन् । मङ्गलबार मात्र आठ नेपाली व्यास गाउँपालिका–१ का माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना भित्रिएका छन् । वैशाख १० गते नौ, १२ गते पाँच, १३ गते ३४, १६ गते आठ र १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । यसअघि महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना वैशाख १० अगाडि आइसकेका थिए ।
यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रका निरीक्षण गरेका छन् । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमधाम फर्किरहेका प्राप्त सूचनाका आधारमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: