Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको थापाकाे निर्देशन

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन् । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिए ।

बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा स्थितिको बारेमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले हालसम्मको अवस्थाबारे गृहमन्त्री थापालाई जानकारी गराएका थिए । बैठकमा गृहमन्त्री थापाले मुलुकमा अपनाइएको उपयुक्त रणनीतिका कारण कोरोनालाई जित्दै गएको दाबी गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

“वर्तमान परिस्थितिमा विश्वव्यापी रणनीतिसँग तालमेल गर्दै जानुपर्ने आवश्यकता छ, कोभिड–१९ तीन÷चार वर्षसम्म पनि जान सक्छ, त्यसैले हाम्रो रणनीति दीर्घकालीन योजनाका साथ आउनुपर्छ”, निर्देशनका क्रममा गृहमन्त्री थापाले भने । उनले कोभिड–१९ बाट प्रभावित भएको उद्योग, व्यापार उकास्न अझै नयाँ योजनाको खाँचो रहेको औँल्याए ।

सशस्त्रको सुरक्षाको चौकीलाई स्थायी बनाउनुपर्ने

गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोभिड–१९ को जोखिम बढेपछि थप सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी गराउँदै थपिएको सशस्त्रको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने उल्लेख गरे । यसका लागि गृह मन्त्रालयले आवश्यक भूमिका खेल्ने उनको भनाइ थियो ।

गृहमन्त्री थापाको पहलमा अघिल्लो महिना १२२ वटा रहेको सशस्त्र प्रहरीको सीमा निगरानी चौकीलाई बढाएर हाल एक हजार २१३ पुर्याइएको छ । सीमावर्ती क्षेत्रमा १४ हजार सशस्त्र प्रहरीको फौज रहेकामा अहिले २२ हजार ५०० पुर्याइएको छ । छलफलका क्रममा मन्त्री थापाले सशस्त्र प्रहरीको भूमिका अझै बढाउनुपर्नेमा जोड दिए ।

लकडाउनलाई थप कडाइका साथ पालनामा गराउनका लागि सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले बाढी, पहिरो, भूक्षयको नियन्त्रण र रोकथामका लागि तयारीमा लाग्नसमेत आग्रह गरे । सामाजिक अपराध, घरेलु हिंसा आत्महत्यालगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा ध्यान दिनसमेत उहाँले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE