Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

ओलीको अर्को अस्त्रः वामदेवलाई प्रधानमन्त्री, माधवलाई तेस्रो अध्यक्ष

काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामो भूमिका बाँध्दै ओलीलाई भने, ‘तपाईंले पार्टी र सरकार दुवै स्वेच्छाचारी ढंगले चलाउनुभयो। अब दुवै पदबाट राजीनामा दिनुहोस्।’ ‘ल ठीकै छ’, प्रधानमन्त्रीको जवाफ थियो, ‘म कोरोना संकट टरेपछि प्रधानमन्त्री छाड्छु।

संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। अनि, पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाऔं। ’त्यसपछि गृहमन्त्री रामबहादुर थापा आवेशमा आए। ‘तपाईंहरू दुवै अध्यक्षका कुरा असान्दर्भिक र निरर्थक छन्। पार्टी फुटाउन देशभित्र र बाहिर विभिन्न शक्तिको चलखेल बढिरहेका बेला तपाईंहरू अनावश्यक लफडामा फसिरहनुभएको छ’, उनले भने।

नेकपा सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको थियो। राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो। त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए।

अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए। सचिवालयका एक सदस्यका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, ‘कोरोनाको संकटसँग जुधिरहेका बेला सरकारको नेतृत्व गरिरहेको व्यक्तिले राजीनामा दिन सक्दैन। राजीनामा दिनै पर्ने अवस्था आए कोरोनापछि दिउँला।’

प्रधानमन्त्रीको भनाइ थियो, ‘अहिले तपाईहरूले मागेजस्तो म न प्रधानमन्त्रीबाट राजीनामा दिन्छु, न अध्यक्षबाट नै। बरु अध्यक्ष दिएरै समस्या समाधान खोज्ने हो भने पार्टीमा तीन अध्यक्ष बनाऔं, माधवजीलाई तेस्रो अध्यक्ष बनाऔं।’

प्रधानमन्त्रीमा वामदेवको प्रस्ताव राख्दै प्रधानमन्त्रीले भने, ‘वामदेवजीले प्रधानमन्त्री हुन गरिरहेको रहर पनि पूरा हुने गरी कोरोनापछि बरु उहाँलाई प्रधानमन्त्री बनाएर जान म तयार छु। मैले प्रधानमन्त्री पद छाड्नै पर्ने भए नयाँलाई अवसर दिऔं। त्यो उपयुक्त व्यक्ति वामदेव हुनुहुन्छ। साथीहरू प्रधानमन्त्री भइसक्नुभएको छ। कोही एकपटक, हामी दुई जना त दुईपटकसम्म पनि भइसकेका छौं। नयाँलाई नै किन अवसर नदिने ? दिऔं, म तयार छु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘वामदेवजीलाई अवसर दिऔं। कुनै क्षेत्र खाली गरौं। उहाँलाई उठाऔं। जिताएर ल्याऔं र प्रधानमन्त्री बनाऔं।’

दाहाल र नेपालले भने अध्यादेश प्रकरण, त्यसपछि सांसद अपहरणसम्मका काण्डले पार्टी र सरकारलाई बदनाम गरिरहेकाले यसबाट पार्टी, सरकार र नेतृत्वलाई जोगाउन प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने जिकिर गरेका थिए। वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विवाद आएपछि नेतृत्वले गम्भीर भएर विकल्प दिन सक्नुपर्ने र पार्टीको जनमत जोगाउनुपर्ने धारणा राखेका थिए।

महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमले भने प्रधानमन्त्री इमानदार बन्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकता सुढृढ गर्ने, सरकारलाई बलियो बनाएर लैजाने गरी जानुपर्ने र अहिले विवाद गर्ने बेला नभएको भन्दै ओलीको बचाउ गरेका थिए। गृहमन्त्री थापाले पार्टीभित्र एकअर्कालाई निषेध गरेर जाने कुराले राम्रो नगर्ने भन्दै कमजोरीलाई सच्याएर एकताबद्ध भई जानुपर्ने बताए।

थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले एकताबद्ध भएर जानुको विकल्प छैन। कमजोरी कोट्याउनेभन्दा पनि त्यसलाई सच्याएर नयाँ तरिकाबाट जाऔं। पार्टी र सरकारलाई बलियो बनाएर जाऔं। निषेधको राजनीतिले कसैलाई माथि उठाउँदैन। कहाँ के गर्नुपर्ने हो होमवर्क गरौं। बदलाव र निषेधको राजनीतिले ठीक ठाउँमा पुर्‍याउँदैन।’

बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तावले नयाँ मोड लिएपछि नेताहरुले यस विषयमा थप गृहकार्यको आवश्यकता महसुस गरेका थिए। बुधबारको सचिवालयमा नेताहरूले खुलेरै आफ्ना भनाइ राखेको वरिष्ठ नेता झलनाथ खनालले बताए।

‘पार्टीभित्र र बाहिर देखापरेका सबै समस्याका विषयमा पार्टी बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ। अब अर्काे बैठक बसेर स्थायी समिति बैठक टुंगो लगाउने समझदारी बनेको छ’, वरिष्ठ नेता खनालले भने।

अब सचिवालय बैठक २० वैशाखमा पुनः बस्नेछ। २० स्थायी समिति सदस्यले पार्टी बैठक माग गरेका विषयमा पनि सोही बैठकमा मात्र निर्णयमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। श्रेष्ठले पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र पार्टी स्थायी समिति सदस्यहरुले माग गरेअनुसारको स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको बताए।

‘पार्टीको नेतृत्व टिमले अहिले गरिरहेको अनौपचारिक गृहकार्यको प्रक्रिया अगाडि बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने कुरा भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेको आवश्यकतासँग मेल खाने र जनताले दिएको जनादेशसहितका सामाजिक रुपान्तरणका विषयमा पनि उपयुक्त निर्णयसहितको आवश्यक प्रस्ताव तयार पार्ने र आउने बैठकबाट स्थायी समिति बैठकको मिति तय गर्ने कुरा भएको छ।’

२ दिन नेताहरुले आन्तरिक गृहकार्य गर्ने र त्यसपछि २० वैशाखमा सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy