डोटी । राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस सङ्गठन जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ ।
स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताए । फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफुमाथी हातपात गर्नुका साथै प्रहरीले विना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले जानकारी दिए ।
प्रेस सङ्गठनका जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले विना कारण नियन्त्रणमा लिई हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहाइ गर्न माग गरिएको छ । समाचार सङ्कलन गर्न गएका पत्रकार कार्की माथी वडाध्यक्षले कुटपिट गरेको भन्ने आरोप लगाइएको छ । प्रहरीले कार्कीसहित तीन अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: