काठमाडौँ । कोभिड–१९ संक्रमणको बढी जोखिम प्रदेश १ र २ मा देखिएको छ । प्रदेश १ मा ३१ र प्रदेश २ मा ८ जना संक्रमित भइसके पनि संक्रमण देखिएका जिल्लामा व्यापक मात्रामा परीक्षण हुन सकेको छैन । विज्ञहरूले भने सीमित किटबाट धेरै जनाको परीक्षण गर्न पीसीआरअन्तर्गत नै ‘पुल टेस्टिङ’ विधि अपनाउन सुझाव दिएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ - राष्ट्रिय कोभिड टेस्टिङ गाइडलाइनमा एउटा किटबाट १० वटा नमुनाको पुल टेस्ट गर्न सकिने उल्लेख छ । विज्ञका अनुसार यसले समय र लागतको बचत हुन्छ र किटको कमीको समस्या केही हदसम्म समाधान हुन्छ । सरकारले हाल मुलुकमा पीसीआरबाट १० हजार नमुना परीक्षण गर्न सकिने किट रहेको जनाएको छ । ‘पुल टेस्टिङ प्रक्रिया अपनाउँदा हाल मुलुकमा भएकै किटले करिब १ लाख नमुनाको पीसीआर परीक्षण गर्न सकिन्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागकी प्रमुख डा। वसुधा खनालले भनिन् ।
हाल विश्व स्वास्थ्य संगठनले समेत ट्रेस ९खोजी०, टेस्ट ९परीक्षण०, ट्रिट ९उपचार० को प्रक्रियाअन्तर्गत कोभिड–१९ परीक्षणलाई व्यापक बनाउन सबै मुलुकलाई आग्रह गर्दै आएको छ ।
हाल मुलुकका १६ ठाउँमा पीसीआर परीक्षणको व्यवस्था गरिए पनि जाँचको संख्या उति धेर छैन । ‘हामीसँग पर्याप्त पीसीआर किट छैन, खोज्दा पनि उच्च मूल्य छ र पाउन पनि समस्या छ । त्यसैले आधिकारिक रूपमा परीक्षणको दायरा विस्तार गर्ने भनिए पनि बढेको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। बाबुराम मरासिनी भने, ‘रकम, किट र श्रमसमेत कम लाग्ने गरी अधिकतम परीक्षण गर्न पुल टेस्टिङ प्रक्रिया सरकारले किन सुरु नगरेको हो, थाहा पाउन सकिएको छैन ।’
राष्ट्रिय कोभिड टेस्टिङ गाइडलाइनमा पुल टेस्टिङबारे उल्लेख गरिएको छ । जसअनुसार १० वटा नमुनालाई एकै ठाउँ राखेर जाँच गर्न सकिन्छ । कुनै प्रयोगशालामा पीसीआरका लागि १ सयवटा नमुना आउँदा सामान्य अवस्थामा पुल टेस्टिङ अपनाएर १० वटा टेस्ट गरे पुग्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा। श्रवणकुमार मिश्रले भने, ‘पुल टेस्टिङ सुरु गरे हामी करिब ९० प्रतिशतसम्म लागत, किट, श्रम जोगाउन सक्छौं ।’ हाल क्वारेन्टाइनमा राखिएका तर लक्षण नदेखिएका व्यक्तिमा पुल टेस्टिङ गर्नुपर्ने उनले औंल्याए । कोभिड–१९ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको भने छुट्टा–छुट्टै पीसीआर गर्नुपर्ने उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा समेत द्रुत परीक्षण किट ९आरडीटी० मा भर पर्नुको सट्टा पीसीआर परीक्षणमा पुल टेस्टिङ प्रक्रिया अपनाउनुपर्ने राय आइरहेको एक अधिकारीले बताए । उनले आरडीटी किट भित्रिएपछि पुल टेस्टिङमा ध्यान नदिइएको बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहप्रमुख एवं मेडिकल टेक्नोलजिस्ट विष्णु उपाध्यायले समेत स्वास्थ्य मन्त्रालयमा विज्ञहरुको बैठकमा पुल टेस्टिङका विषयमा छलफल भएको जानकारी दिए ।
लक्षण नदेखिने संक्रमितको पहिचान गर्न पुल परीक्षण प्रक्रिया अपनाउनु राम्रो हुने डा। खनालले बताइन् । हाल मुलुकमा ८४ प्रतिशतभन्दा बढी प्रयोगशाला प्रमाणित कोभिड–१९ संक्रमित एसिम्प्टोम्याटिक (लक्षण नदेखिने) छन् । विज्ञहरूका अनुसार कुनै क्षेत्र विशेषमा सबै जनाको परीक्षण गर्नुपर्दा पुल टेस्टिङ अपनाउन सकिन्छ ।
भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले समेत पुल टेस्टिङलाई स्वीकृति दिएको छ । आईसीएमआरको स्वास्थ्य अनुसन्धान विभागले कोभिड–१९ परीक्षण प्रक्रियामा तीव्रता ल्याउन पुल टेस्टिङ प्रक्रिया अपनाउनुपर्ने जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: