काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करीब ५० सहभागीले आआफ्नो विचार राखेका थिए ।
टेलिफोन कन्फेसमार्फत भएको बैठकलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संस्थाले सरकारसँग समन्वयन गरेर अगाडि बढेको जानकारी दिए। एनआरएनका अनुसार संक्रमणबाट ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र दुई हजार पाँच सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएका छन् ।
अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताउँदै महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संस्थाले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको जानकारी दिए । उनले सबै मिलेर जान र सबै संयन्त्र परिचालन गर्न पनि आग्रह गरे ।
क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ शुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि शुरु गरेको र महामारीका अवस्थामा पनि सेवाग्राहीलाई दिइने सेवा थप प्रभावकारी बनाइएको बताए । राजदूत ढुंगानाले क्यानडामा रहेका नेपालीको समस्याका विषयमा क्यानडा सरकारसँग समेत छलफल भइरहेको जानकारी दिए ।
संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको तथा कोरोना संक्रमण शुरु भएदेखि नै एनआरएनसँग सहकार्य गरेर अगाडि बढेको बताए
म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीका परिवारलाई आफूले सक्दो सहयोग गरेको जिकिर गरे ।
एनआरएनका महासचिव डा हेमराज शर्माले महामारीविरुद्ध लड्न विभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदलमार्फत काम थाल्न जोड दिए । उनका अनुसार संस्थाले कोरोना भाइरस प्रभावित ४५ देशमा नौ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीलाई राहत दिएको छ । उनले अन्तरराष्ट्रिय लकडाउन खुलेपछि नेपाल फिर्तीका लागि प्रक्रिया शुरु हुने बताए ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७५० र क्यानडामा १६० गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिइएको जानकारी दिँदै कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा नआएकाले अझ थप चार हप्ता लकडाउन आवश्यक हुने विचार राखे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: