Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

कोरोना महामारी : आवतजावत अझै रोकौँ, आन्तरिक आर्थिक गतिविधि बढाऔँ’

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्ने आवाज बढ्दै गएको छ । वर्तमान अवस्थामा उपत्यकाका जनप्रतिनिधिले भने आवतजावतमा अझै कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण मुलुकका विभिन्न जिल्लामा दैनिकरुपमा देखिँदै आएको छ । आजमात्रै थप दुई जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैले रोगको सङ्क्रमण फैलन नदिन अझै आवतजावत रोक्नुपर्ने आवश्यकता रहेको उपत्यका नगरपालिका फोरमले जनाएको छ । तेस्रो मुलुकसँग भारतबाट आवातजावत पूर्ण रोक्दै आन्तरिकरुपमा पनि उपत्यका र मोफसलको आवतजावतसमेत अझै खुला गर्न नहुने धारणा जनप्रतिनिधिको छ ।

“अहिलेको अवस्थामा उपत्यकाबाट बाहिर जाने र भित्रिने क्रम अझै केही समय रोक्नुपर्छ”, फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, “एक व्यक्तिका कारणले आम समुदायलाई नै प्रभावित बनाउने हुँदा अझै चनाखो हुनु जरुरी छ ।” यद्यपि उपत्यकाभित्रको वातावरणलाई सहजीकरण गर्दै आन्तरिकरुपमा उद्योग कलकारखाना सञ्चालन गर्ने, आर्थिक गतिविधि बढाउने, मजदूरलाई रोजगारी उपलब्ध गराउने कुरामा भने केही खुकुलो गर्नुपर्ने फोरमको निष्कर्ष रहेको श्रेष्ठले बताए । यही निष्कर्षका साथ सरकारलाई अनौपचारिक रुपमा सुझाव दिएकोसमेत उनले बताए ।

उपत्यकामा १६ नगरपालिका र दुई महानगरपालिका छन् । सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागितामा उपत्यका नगरपालिका फोरम गठन गरेर साझा मुद्दामा काम गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा उक्त फोरम छ ।

आन्तरिकरुपमा गतिविधि बढाउँदै उपत्यकाबाट मानिस बाहिरिने र बाहिरबाट उपत्यका भित्रिने गर्दा समस्या आउनसक्नेतर्फ फोरमले आम समुदाय र सरकारी संस्थालाई सचेत गराएको जनाएको छ । उक्त फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन आन्तरिक आर्थिक गतिविधिलाई चलायमान गराउँदै उपत्यका र बाहिरको आवतजावत अझै रोक्नुपर्ने आवश्यकता औँल्याउछन् ।

“यही अवस्थामा राखिरहँदा आर्थिक क्रियाकलाप थप धराशायी हुन्छ, आन्तरिक गतिविधिलाई चलायमान बनाउनै पर्छ, हामीले यो ३९ दिनको लकडाउन हे¥यौँ, त्यसको आधारमा पनि भ्यालीलाई चलायमान गराउनुको विकल्प हुन्न, तर आवतजावन पूर्ण रोक्नुपर्छ”, महर्जनले भने । उनले केही दिन अघि पूर्वी नेपालबाट गाडीमा मानिस ल्याउँदा जोखिम बढेको भन्दै उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।

केही अघि मानिस पैदल हिँड्ने अवस्था थियो तर अहिले भने सबै रोकिएको र मानिसको आवतजावतमा पूर्ण रोक लगाइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउछन् । गृहमन्त्रालयको निर्देशनमा अहिले प्रहरीले लकडाउनलाई थप कडाइ गरेको उनले बताए ।

सरकारले कोभिड–१९ को सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर गत चैत ११ गतेदेखि अत्यवश्यक कामबाहेक बाहिर ननिस्किने गरी लकडाउनको आदेश जारी गरेको थियो । लकडाउन यही वैशाख २५ गतेसम्मका लागि जारी छ । पछिल्ला दिनमा दैनिकजसो नै कोभिड–१९ सङ्क्रमण भेटिँदै आएकाले पनि सरकारलाई लकडाउन खुलाउनेमा नैतिक दबाब छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल उपत्यका आवतजावतमा कडाइ जरुरी रहेको औँल्याउछन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आजसम्म मुलुकमा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उहाँले अझै पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएका छन् । मुलुकमा अहिले लकडाउनलाई लम्ब्याउने की स्वरुपमा परिवर्तन गर्ने बहस चलिरहेको छ । सामाजिक सञ्जालमा समेत लकडाउनलाई निरन्तरता दिनुपर्ने र स्वरुप परिवर्तन गर्नुपर्ने विषयमा चर्कोरुपमा उठिरहेको छ ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार उद्योग कलकारखानालाई सक्रिय गराउने कुरामा सरकार गम्भीर रहेको बताउनुभएको थियो । यसअघि सरकारले आन्तरिकरुपमा चलाउन सक्ने उद्योग कलकारखाना तथा कृषि कर्मलाई सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ । यसका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै बाह्य व्यक्तिको प्रवेश गर्न भने पाउने छैनन् । आर्थिक गतिविधिलाई क्रियाशील बनाउन कै लागि सरकारले कृषकले उत्पादन गरेका आधारभूत खाद्य सामग्रीलाई संस्थानमार्फत खरिद गरी बिक्री गर्ने निर्णय गरेको छ भने असङ्गठित क्षेत्रका मजदूरलाई सरकारी कार्यालयका आयोजनाका काममा लगाउने निर्णय गरिसकेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE