भक्तपुर । लकडाउनका कारण घर जान नपाएर जिल्लाका ६२ वटा इँटाभट्टामा काम गर्ने भारतीय मजदूर इँटाभट्टामै अड्किएका छन् । उनीहरुलाई भक्तपुर इँटाभट्टा व्यवसायी सङ्घले राहत भत्ता वितरण गरेको छ ।
सङ्घको आज बसेको बैठकले बन्दाबन्दी खुलेर भारतको सीमा नखुलेसम्म इँटाभट्टामा कार्यरत भारतीय मजदूरलाई साप्ताहिक राहत भत्ताको व्यवस्था गरी राख्ने निर्णय गरेको सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिए।
यहाँका इँटाभट्टामा करिब तीन हजार भारतीय मजदूर कार्यरत रहेको जानकारी दिँदै उनले भने, “इँटाभट्टा बन्द भइसक्यो, बन्दाबन्दी र सीमा बन्दका कारण घर जान नपाएर रोकिएका तीन हजार भारतीय मजदूरलाई घर फर्कने व्यवस्था नभएसम्म खानका लागि हप्तामा प्रतिव्यक्ति ६०० का दरले राहतभत्ता रकम दिने भएका छौँ, साथै जुन भट्टामा काम गर्ने हो, त्यही भट्टाले बस्ने, खानेपानी, विद्युत र ग्यासको व्यवस्था गर्ने निर्णय गरी यसलाई आजैबाट कार्यान्वयनमा ल्याएका छौँ ।”
भारतीय मजदूर विशेष गरी भट्टामा इँटा पोल्ने, पोलिसकेका बजारमा पठाउनका लागि इँटाभट्टाबाट बाहिर निकाल्न बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन् । इँटाभट्टामा थोरै भारतीयका साथै धेरै नेपाली मजदूर पनि कार्यरत छन् । इँटा पार्न, इँटा बोक्नेलगायतका काममा नेपाली मजदूर कार्यरत आ–आफ्नो गाउँठाउँं फर्किसकेका अध्यक्ष ह्योम्बाले जानकारी दिए।
भारतीय मजदूर सिजनभरि इँटाभट्टामै अस्थायी टहरा बनाई बस्छन् । उनीहरुलाई खानेलाउनेबाहेकको बिजुली, खानेपानीलगायतका सम्पूर्ण आधारभूत सुविधा सम्बन्धित इँटा उद्योगीले नै गरिदिने व्यवस्था गरेको छ । यसवर्ष गत चैत २० गतेदेखि नै जिल्लाका सम्पूर्ण इँटाभट्टामा इँटा पार्ने काम बन्द गरेपछि इँटा पार्ने र इँटा बोक्ने करिब २२ हजार मजदूर घर पठाइसकेको अध्यक्ष ह्योम्बाले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: