Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

उपत्यकामा सवारीको चाप ह्वात्तै बढ्यो, पासमा आफैँ मिति सच्याएर गाडी दौडाउँदै

काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन ।

झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ ।

कोभिड–१९ को सङ्क्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लङ्घन गर्ने दैनिक तीन हजार मानिसलाई कारवाही गर्ने गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लङ्घन गर्ने ८१ हजारलाई कारवाही गरिएको जानकारी दिनुभयो । यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारवाही गरिएको छ । मुलुकभर लकडाउन उल्लङ्घन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारवाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ ।

“धेरैजसो मिति सच्याएर चलाउने गरेको पाइयो”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, “तोकिएको पासबाहेक कसैलाई छुट छैन, प्रहरीको पूरा निगरानी हुन्छ ।” स्थानीय प्रशासनले गत चैत ११ देखि १८ गतेसम्मका लागि सेतो रङको सवारी पासको व्यवस्था गरेको थियो । लकडाउन थपिएपछि एकदिने, तीनदिने र सात दिने पहँेलो पास जारी भयो । गत चैत २५ मा पुनःलकडाउन थपिएपछि प्रशासनले सात दिने पहेंलो पासलाई कायमै राखेको छ । तर एकदिने र तीनदिने पासको मिति सच्याउँदै गाडी प्रयोग गर्ने अवस्था अहिले पनि दोहोरिरहेको ढकालले बताए ।

जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दाविपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको छ । अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकरुपमा बाहिर निस्किने क्रमसमेत दोहोरिएको छ । अहिले पास नभएका गाडीसमेत नियमित सञ्चालन भइरहेको छ । आजमात्रै ट्राफिक प्रहरीले बिनापास चलाएका ४७५ गाडीलाई नियन्त्रणमा लिएको छ । दैनिकरुपमा यसरी बिनापास गाडी चलाउने गरेको पाइएको छ ।

यसरी उल्लङ्घन गर्ने कतिपय गाडीलाई घटनाको प्रकृति हेरेर तीन÷चार दिनसम्म होल्डमा राख्ने गरिएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानमा संयुक्त जाँच हुने गरेको छ । स्थानीय प्रशासनले दुरुपयोग हुने सम्भावना बढेपछि यसअघि अनलाइबाट पास माग्ने प्रक्रियालाई समेत रोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ ।

उपत्यकामा बढ्न थाल्यो सवारीको चाप

पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन् । सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले जानकारी दिए । मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताए। कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE