Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आराम गर्न बाबुरामको सुझाव

काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीलाई आफ्नो नैतिक कद जोगाउन राजीनामा दिन सुझाएका हुन् ।

उनले रोगले जीर्ण भएको शरिरलाई आराम दिनको लागि भएपनि पदबाट राजीनामा दिनुपर्ने बताए ।

‘तपाईं जुन उचाईमा पुग्नु भएको छ, त्यहिँ रहनुहोस्, तपाईं अनावश्यक ढंगले विवादित गतिविधिमा संलग्न हुँदा तपाईंमाथि नै अन्याय भएको छ, तपाईं रोगले जीर्ण भएको शरिरलाई आराम दिनुपर्छ’, बाबुरामले भने, ‘यो लोकतन्त्रलाई बचाएर र तपाईं आफ्नै छबिलाई बचाएर अगाडि बढ्नको निम्ति तपाईं राजीनामा दिनु नै उचित हुन्छ, त्यो नै एउटा उचित निकास हुन्छ, त्यसले नै समाज र देशलाई अगाडि बढाउन सक्छ र तपाईंको उचाई पनि कायम रहन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले कुर्चीमा बस्नु मात्रै ठूलो कुरा नभएको भन्दै काम महत्वपूर्णं हुने बताए । उनले सत्तामा रहेका गौतम बुद्धका बाउलाई पनि सबैले नचिन्ने बताए ।

“प्रधानमन्त्रीसँग मेरो विनम्र आग्रह छ, हामीले सत्तामा कति समयसम्म बस्यौं भनेर मानिसले मुल्यांकन गर्दैन्,यो देशमा ३८ जना प्रधानमन्त्री भईसके, कसको सम्झना मान्छेले ? विपि कोइरालालगायत एकआध जनाको सम्झना गर्छ, अरुको त नाम पनि आउँदैन्’ बाबुरामले भने, ‘म पनि प्रधानमन्त्री भई टोपलेको मान्छे, मलाई थाहा छैन् मलाई कतिबेलासम्म मान्छेले सम्झछन्, त्यसैले कुर्सीमा बस्दैमा पद ठूलो होइन् ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending