Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

महिलाका लागि छुट्टै नापको पीपीई अत्यावश्यक

एजेन्सी । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को संरचना र आकार महिला र पुरुष दुवैलाई भनेर बनाइएको भनिए पनि धेरैजसो महिलालाई प्रयोग गर्न सहज नभएको पाइएको छ।

कोभिड-१९ को उपचारमा खटिने व्यक्तिहरूलाई सङ्क्रमणबाट जोगिनका लागि पीपीई अत्यावश्यक पर्छ।

ती सामग्री “महिलारपुरुष दुवैलाई” जोगाउनका लागि नमुना तयार गरिएको बताइन्छ। यद्यपि स्वास्थ्य सेवामा काम गर्नेहरूले भने सानो आकारका पीपीईहरू पनि केही महिलाका लागि धेरै ठूलो हुने गरेको बताइरहेका छन्।

सन् २०१८ को ब्रिटेनको स्वास्थ्य निकाय एनएचएसको तथ्याङ्क हेर्दा एनएचएसमा काम गर्नेमध्ये ७७ प्रतिशत महिलाहरू छन्। पीपीई एकदमै ठूलो छ भने भाइरसबाट पूर्णतया जोगाउनका लागि यो कम प्रभावकारी हुनसक्छ।

\'पीपीईको नमुना महिलापुरुष दुवैलाई हुने गरी बनाइएको हो र यसले दुवैलाई भाइरसको सङ्क्रमण हुनबाट जोगाउँछ। केही उत्पादन फरकफरक नापमा बनाइएको छ ताकि साना ठूला दुवै आकारका मानिसलाई मिलोस्,\' एउटा विज्ञप्तिमा ब्रिटेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर रोएल कलेज अफ नर्सिङले “सबैका लागि एउटै नाप” मा निकालिएका पीपीईलाई समस्याकारी र प्रतिबन्धात्मक भनी व्याख्या गरेको छ।

काममा खटिएका बेला त्यस्ता पीपीई १२ घण्टासम्म पनि लगाउनुपर्ने हुनसक्छ। पीपीईमा पन्जा, मास्क, गाउन र मुख ढाक्ने हेल्मेट पर्छन्।

\'यदि यस्ता सामग्री असहज भए भने नर्सहरूले गर्मी र अस्वस्थ महसुस गर्छन् र बिरामीहरूलाई जाँच्न उनीहरूलाई एकदमै अप्ठ्यारो हुन्छ, सङ्क्रमण रोकथाम र नियन्त्रण क्षेत्रकी प्रमुख रोज ग्यालहरले भनिन्।

एनएचएसमा काम गर्ने केही महिलाहरूले पीपीई लगाउँदा आफ्नो शरीरमा एकदमै नमिलेको देखिएका केही तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

दुईवटा मात्रै आकारमा अरू के हुन्छ ?

स्ट्यान्फर्ड विश्वविद्यालयको चिकित्सा विभागसँग आबद्ध अध्येता डा। स्यालस अर्ग्याभन अहिले न्यूयोर्कस्थित अस्पतालको सघन उपचार कक्षमा काम गरिरहेकी छन्।

एन९५ मास्क दुईवटा आकारमा मात्र छ जुन एकदमै विचित्रको कुरा हो,\' उनले भनिन्।
\'दुईवटा आकारका मात्रै पाइने अरू केही छ ? यसको मतलब त यो भयो कि संसारमा दुईवटआकारका मात्रै अनुहारहरू छन्।\'

डा। स्यालस आफूलाई सानो आकारको मास्क ठिक हुने तर त्यो पाउन एकदमै मुस्किल हुने बताउँछिन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending