Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

चक्रवात अम्पन : समुद्री आँधीले भारत र बाङ्ग्लादेशमा विध्वंश, लाखौँ मानिस प्रभाव

एजेन्सी । पूर्वी भारत र बाङ्ग्लादेशमा चक्रवात अम्पनले गरेको विध्वंशबाट लाखौँ मानिसहरू प्रभावित भएका छन्।

अहिलेसम्म ८४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

शक्तिशाली आँधीले घरहरू भत्काउनुका साथै विद्युत् आपूर्ति प्रणाली बिगारिदिएको छ।

दुवै देशमा चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

तर कोभिड(१९ महामारीका कारण स्थानान्तरण निकै कठिन भएको थियो। मानिसहरूबीच दूरी कायम राख्नुपर्ने भएकाले आश्रयस्थल व्यवस्थापन गर्न पनि समस्या भएको थियो।
धेरै मानिसले कोरोनाभाइरस सर्ने डरले आफ्नो घर छोड्न पनि नमानेको बताइन्छ।

चक्रवात अम्पनको वेग १८५ किलोमिटर प्रतिघण्टासम्म थियो। त्यसबाट समुद्रमा पानीको सतह १५ फीटसम्म बढेको थियो।

तर अहिले उक्त समुद्री आँधीको वेग घटेको छ।

अम्पनलाई बङ्गालको खाडीमा सन् १९९९ पछि उत्पन्न भएका समुद्री आँधीमध्ये सर्वाधिक शक्तिशाली मानिएको छ।

भारतको पश्चिम बङ्गाल राज्यका तीनवटा जिल्लामा अम्पनले ठूलो विध्वंश गरेको छ।

बाङ्ग्लादेशमा हजारौँ घरहरू भत्किएका छन् तथा तटीय क्षेत्रका धेरै गाउँहरू डुबानमा परेका छन्।

भारत र बाङ्ग्लादेशमा फैलिएको सुन्दरवन्स क्षेत्र प्रभावित भएको छ।

भारतको कोलकातामा पनि समुद्री आँधीले क्षति पुर्‍याएको छ। त्यहाँ सडकहरू जलमग्न भए र विद्युत् आपूर्ति घण्टौँसम्म अवरुद्ध भयो।

राज्यकी मुख्य मन्त्री ममता बनर्जीले कोलकातामा कोभिड(१९ले भन्दा समुद्री आँधीले ठूलो क्षति पुर्‍याएको बताएकी छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending