काठमाडौँ । कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका लागि आएकामा अहिले त्यो सङ्ख्या तीनदेखि चार सय पुगेको छ ।
बन्दाबन्दीको दुई महिना बित्दा नियमित सेवाका लागि आउने बिरामी बढिरहेको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउँछन् । उनले भने “लकडाउन लम्बिरहँदा नियमित सेवाका सबै खालका बिरामी बढिरहेको छ ।”
अस्पतालमा प्रसूति सेवा र गर्भवती नियमित जाँचका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको शुरुका दिनदेखि नै अस्पताल आउने गर्भवतीको जाँच गरिरहेको छ । अहिले दैनिक सातदेखि १२ महिलाले सन्तानलाई जन्म दिइरहेका छन् । यो सङ्ख्या सामान्य अवस्थाकै हाराहारीमा भएको अस्पतालले जनाएको छ ।
अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का सङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेशन श्यया’ मा राखेर उपचार गरिरहेको छ । बन्दाबन्दीका कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि अहिले पुनः बढिरहेको निर्देशक शर्माले बताए। उनले भने, “बिरामीको सङ्ख्या सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।”
अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया ९आइसोलेशन वार्ड० छ । त्यही बिरामीको परीक्षण हुन्छ । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ श्ययाको व्यवस्था छ । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन्छ ।
अस्पतालमा २० वटा सघन उपचार कक्ष छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी छ । तत्काललाई अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताए । भविष्यमा महामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।
अस्पतालले कोभिड–१९ का सङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पिपिइ० बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम गरिरहेको छ । अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि आफैँले पिपिइ बनाइरहेको छ । यहाँ उत्पादित पिपिइमध्ये धेरै प्रयोग भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिइ’ अभावको अवस्था आउन नदिन अस्पतालले आफैँ निर्माण शुरु गरेको निर्देशक डा शर्माले बताए ।
अस्पतालमा अहिले सङ्क्रमित नौ र छ जना आइसोलेशनमा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन अस्पतालले समन्वयमा बिरामी उपचार गर्दै आएको छ । केही दिन पहिलेमात्रै यस अस्पतालमा एक कोभिड–१९ सङ्क्रमितको शल्यक्रियासमेत भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: