काठमाडौं । चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ -कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुनस् मापन गर्नका लागि टोलीले सगरमाथाको आरोहण गरेको हो ।
भाइरसको महामारीका कारण नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको आरोहण गर्न दुवै देशले विदेशी टोलीलाई रोक लगाएका छन् । चीनले भने आफ्ना नागरिकलाई आरोहणको अनुमति दिँदै आएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले सर्वेक्षकको टोलीले सगरमाथा आरोहण गरेको जनाएको छ । ‘दुई जना व्यावसायिक सर्वेक्षकले मौसमको अनिश्चितता र अपर्याप्त अक्सिजनका कारण आरोहण बीचमै रोकेका छन्,’ सिन्हवाले उल्लेख गरेको छ ।
सिन्हवाका अनुसार ८ जना आरोहीहरू स्थानीय समयअनुसार बुधबार बिहान ११ बजे सगरमाथाको टुप्पोमा पुगेका हुन् । ‘सहयोगीहरूले मंगलबार टाँगेको डोरीको सहयोगमा टोलीका सदस्यहरू चुचुरोमा पुग्न सफल भएका हुन्,’ सिन्हवाले जनाएको छ । टोलीमा सिन्हवा समाचार संस्थाका विशेष संवाददाता टासी छिरिङसमेत छन् ।
चिनियाँ टेलिभिजनमा सार्वजनिक दृश्यहरूमा उनीहरूले सर्वेक्षणका लागि आवश्यक उपकरण समेत जडान गरेको देख्न सकिन्छ । सिन्हवाले आइतबार १२ सदस्यीय टोली ७०२८ मिटरको क्याम्पमा पुगेको जनाएको थियो । यसअघि खराब मौसमका कारण चुचुरोमा पुग्ने उक्त टोलीको प्रयास दुई पटकसम्म असफल भएको थियो ।
चीनको राष्ट्रिय स्रोत मन्त्रालयका अनुसार गत मार्च महिनाको सुरुदेखि ५३ सदस्यीय टोलीले सगरमाथाबारे वैज्ञानिक कार्यहरू गरिरहेको छ । सगरमाथाको उचाइबारे नयाँ तथ्य पत्ता लगाउन ‘बेइडो’ नामक भू–उपग्रह प्रयोग गरिएको सिन्हवाले जनाएको छ । मन्त्रालयका अनुसार हिउँको गहिराइ, मौसम र हावाको बहावबारे समेत टोलीले अध्ययन गर्नेछ ।
चीनले सगरमाथाको उचाइ नेपालले कायम गरेको भन्दा करिब ४ मिटर कम रहेको बताउँदै आएको छ । तर ५ वर्षअघि नेपालमा गएको ठूलो भूकम्पपछि यसको उचाइमा सामान्य परिवर्तन आएको हुन सक्ने ठानिएको छ ।
चीनले सन् १९४९ यता ६ पटक सगरमाथाको सर्वेक्षण गरिसकेको छ । सन् १९७५ को सर्वेक्षणअनुसार चीनले सगरमाथाको ८८४८।१३ मिटर रहेको जनाउँदै आएको थियो । तर सन् २००५ मा चीनले यसको उचाइ ८८४४।४३ मिटर कायम गरेको हो । नेपालले यसको उचाइ ८८४८ मिटर कायम गर्दै आएको छ ।
आरोहण क्षेत्रका जानकारहरूका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ । हिमाण आरोहणसम्बन्धी तथ्यांक राख्ने संस्था हिमालयन डाटाबेसका रिचार्ड सालिसबरीका अनुसार सन् १९६० को मे महिनामा चिनियाँ टोलीले सगरमाथाको आरोहण गरेको थियो ।
त्यसै वर्ष भारतीय आरोहीहरूले प्रयास गरे पनि उनीहरू असफल भएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत अक्टोबरमा भएको नेपालको राजकीय भ्रमणका क्रममा दुवै देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । राष्ट्रपति सीले सगरमाथालाई ‘दुवै देशको मित्रताको अनन्त प्रतीक’ बताएका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: