वालिङ । स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग गरिएको समाजका महासचिव श्रवण गाहामगरले बताए ।
“कुवेतमा रहेको समितिको पहलमा एम्बुलेन्स खरिदका लागि ब्यक्तिगत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रकम सङ्कलन गरेका थियौं,” महासचिव मगरले भने, “हामीले राखेको विशुद्ध सामाजिक कार्यले मूर्तरुप पाएको छ ।” यसअघि हरिनास गाउँपालिकामा रहने गरी टाटा सुमो कम्पनीको एम्बुलेन्स हस्तान्तरण गरिएको र अहिले महिन्द्रा कम्पनीको बोलेरोमा अत्यधुनिक प्रविधि जडान भएको एम्बुलेन्स उपलब्ध गराइएको हो । दुई वटा एम्बुलेन्स खरिदका लागि भन्सार छुटसहित झण्डै २३ लाख लागेको समाजका महासचिव मगरले बताए । ग्रामीण वस्तीमा यातायातका साधन प्राप्त गर्न सहज पहुँच नपुग्ने भएकाले बिरामीलाई सहजरुपले ओसारपसार गर्दा राहत हुने समाजका सल्लाहकार विश्वास पुरीले बताए ।
एम्बुलेन्सलाई व्यवस्थितरुपमा चलाउन समिति वनाउने तयारी भइरहेको छ । नगरपालिकाको पायक पर्ने स्थानमा एम्बुलेन्स राखिनेछ । चापाकोटसहित पाल्पाको रामपुर नगरपालिकाका बासिन्दाले सहजरुपमा सेवा लिन सक्ने छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: