Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई आफन्तको न्यास्रो

स्याङ्जा । धार्मिक र्तीथस्थल राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु आफन्तको न्यास्रोमा दिन बिताउन विवश भएका छन् । गल्याङ नगरपालिका–१ राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका उनीहरु कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी हुँदा लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाउँदा नरमाइलो लागेको बताएका छन् ।

वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिक पहिले आश्रमको वरिपरि घुमघाम गरेर दिन बिताउने गरे पनि अहिले कोरोना सङ्क्रमण हुनसक्ने भन्दै बाहिर हिँडडुल गर्न पाएका छैनन् भने बाहिरी मानिसलाई आश्रममा प्रवेश गर्न रोक लगाइएको छ ।

वृद्धाश्रममा बस्दै आउनुभएका ८० वर्षीय बमबहादुर अधिकारीले लामो समयदेखि आश्रममा बस्दै आए पनि अहिले जति न्यास्रो अरु बेला नलागेको बताए ।उनले बताए, “राम्दीमा बस्दै आएको धेरै समय भयो, अरु बेलाभन्दा अहिले बढी नै आफन्तको याद आएको छ, पहिला बेलाबेलामा आफन्तसँग भेटघाट गर्न पाइन्थ्यो अहिले कोरोनाको डरले कोही पनि आउँदैनन्, आफू हिँड्न सक्दिनँ ।”

यसैगरी सोही आश्रममा बस्दै आउनुभएकी पाल्पा पुर्खोलाकी ९५ वर्षीया ललिता देवकोटाको पनि त्यस्तै भनाइ छ । कोरोनाको हल्ला हुनुभन्दा पहिला समय मिलाएर बेलाबेलामा आफन्त भेट्न आउने गरे पनि अहिले आफन्तसँग भेट नभएको धेरै समय भएको उनले बताए । “आफन्तसँग भेट भएर कुरा गर्न पाउँदा मनै खुशी हुन्छ, खै यो कोरोनाको हल्लाले सबै बाहिर नजानु भन्छन्”, देवकोटाले भने । आश्रमम बस्दै आएका अन्य ज्येष्ठ नागरिक पनि आफन्तसँगको भेटको पर्खाइमा छन् ।

शिवपार्वती वृद्धाश्रमका प्रमुख सुनिल श्रेष्ठले १८ ज्येष्ठ नागरिक आश्रममा बस्दै आएको जानकारी दिए । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई कोरोना सङ्क्रमणको जोखिम नहोस् भनेर बाहिर निस्किन नदिइएको र कोही सहयोग गर्न चाहने दाताका लागि बाहिरबाटै सहयोग गर्न सक्ने व्यवस्था मिलाइएकाले आश्रमभित्र प्रवेशमा बाहिरबाट आउनेलाई रोक लगाइएको बताए ।

बेलाबेलामा खाद्यान्नलगायतका वस्तु सङ्घसंस्था एवं विभिन्न व्याक्तिले सहयोग गर्दै आएको र सोही सहयोगबाट आश्रममा व्यवस्थापन गर्दै आएको श्रेष्ठले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy