नुवाकोट । जिल्लामा सबै स्थानीय तहले गाउँ÷नगरसभा सम्पन्न गरेका छन् । स्थानीय तहमा बुधबार आयोजित सभामा १२ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा गरी रु ६ अर्ब सात करोड ९० लाखको बजेट प्रस्तुत भएको छ । सबैभन्दा बढी विदुर नगरपालिकाको रु एक अर्ब आठ करोड बजेट पेश भएको छ ।
त्यस्तै बेलकोटगढी नगरपालिकाको रु ९९ करोड ९३ लाखको बजेट पेश भएको छ । गाउँपालिका शिवपुरीले रु ४९ करोड २५ लाख, ककनीले रु ४३ करोड, दुप्चेश्वरले रु ४१ करोड, पञ्चकन्याले रु ४० करोड ९३ लाख, किस्पाङले रु ४० करोड दुई लाख, तारकेश्वरले रु ३९ करोड ६८ लाख, सूर्यगढीले रु ३८ करोड १२ लाख, लिखुले रु ३७ करोड ७८ लाख र तादीले रु ३६ करोड १९ लाखको बजेट तथा कार्यक्रम सभामा पेश गरेका छन् ।
जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट रु ३४ करोड गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केही स्थानीय तहले पारित गरिसकेका छन् भने केहीले छलफलपछि पारित गरिने जनाएका छन् ।
सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनाविरुद्ध प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: