Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी

तुलसीपुर । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् ।

प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी ३५ वर्षीया विमला विक, उनकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं ३ निवासी १७ वर्षीया, तुलसीपुर ५ निवासी ३६ वर्षीय टेकबहादुर पुन, ३३ वर्षीय कमला पुन र उनका १९ वर्षीय छोरा टोपेन्द्र बिरामी परेका छन् ।

त्यस्तै तुलसीपुर ५ निवासी चीनबहादुर रानाका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा, ओसो घर्ती मगरकी १८ वर्षीया छोरी निर्मला, २४ वर्षीय खिमा पुन, १५ वर्षीया एक बालिका, ३५ वर्षीया विपना घर्ती र कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यसैबीच दाङमा एक चित्तल मृत फेला परेको छ । लमही नगरपालिका वडा नं ७ हसनापुरमा विहीबार राति ११ बजे नवशान्ति सामुदायिक वनमा उक्त चित्तल मृत फेला परेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख प्रवीण बिंडारीले बताए । वनको टोली गस्ती गएका बेला मुख र कानमा चोट लागेको अवस्थामा करीब ४५ किलोको गर्भावस्थाको चित्तल मृतावस्थामा फेला परेको उनले बताए । मृत चित्तल परीक्षणका लागि रिहार पशु केन्द्रमा लगिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy