Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

ओबामाकेएर विरुद्ध सर्वोच्च अदालतमा ट्रम्प प्रशासनद्वारा निवेदन

वासिङ्टन । कोरोनाभाइरसको महामारीकै बीचमा अमेरिकी ट्रम्प प्रशासनले बिहीबार ओबामाकेएरका नामले परिचित बीमा कार्यक्रम (एफोर्डेबल केएर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

लकडाउनका कारण पाँच लाखभन्दा बढी मानिसले बिमाको प्रिमियम तिर्न नसकेको समाचार बाहिरिएकै दिन ट्रम्प प्रशासन सर्वोच्च अदालत पुगेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यो कार्यक्रम खारेज गर्न पटकपटक प्रयास गरेका छन् ।

ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोनाभाइरसको बारेमा केही जिकिर गरिएको छैन ।

ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब दुई करोड अमेरिकी नागरिकको स्वास्थ्य बीमा समाप्त हुनेछ ।

रिपब्लीकन पार्टीकै बहुमत रहेको अवस्थामा पनि सन् २०१७ मा ओबामाकेएर खारेज गर्ने राष्ट्रपति ट्रम्पको प्रयास विफल भएपछि उनी कानुनी प्रक्रियामा लागेका हुन् ।

ओबामाकेएर कानुनमा जटिल स्वास्थ्य अवस्था रहेका मानिसलाई पनि बीमा सुविधा उपलब्ध हुने सुनिश्चितता गरिएकाले यो कानुनी व्यवस्था प्रतिकूल निर्णय गर्न ट्रम्प प्रशासन र अदालतमाथि दबाब छ ।

तर राष्ट्रपति ट्रम्पले स्वास्थ्य प्रतिकूल भएका कुनै पनि अमेरिकीको स्वास्थ्य संरक्षण गरिने आश्वस्त पार्न खोजेका छन् । राष्ट्रपतिको यो भनाईप्रति ह्वाइट हाउस वा रिपब्लीकन पार्टीले कुनै ठोस योजना भने अघि सार्न सकेका छैनन् ।

कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेसँगै करिब दुई करोड ७० लाख मानिस बेरोजगार भएकाले पनि स्वास्थ्य बीमा कार्यक्रममा असर पर्न लागेको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy