Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

किसानले पाएनन् आलुको मूल्य

सर्लाही । जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन् । खुल्ला सिमाना हुँदै भारतीय आलु बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उनले भने । अहिले रातो आलु रु २८ र सेतो प्रतिकेजी रु २४ मा बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यस वर्ष पनि बढ्न नसकेपछि यसको विकल्प खोज्न थालेका छन् ।

स्थानीयवासी शिवजी महतो भने, “पहिले आलु खेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ, गत वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्षपहिले प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नु परेको किसान रोहन महतोले गुनासो गरे । सबैभन्दा बढी आलु उत्पादन जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानहरुले खेतबारीमा नै आलु थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले बताए ।

लामो समयसम्म आलु जमीनमा राख्न नमिल्ने भए पनि जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा किसानहरु थप मारमा परेका हुन् । जिल्लामा शीतभण्डारका लागि पटकपटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् । राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरुले बताएका छन् । लकडाउनको समयमा पनि नेपाली बजारमा भारतीय आलु आउँदा आफूहरु अचम्मित भएको जिल्लाका किसानहरुले बताएका छन् । अहिले जिल्लाका अधिकांश बजारहरुमा आयातित आलु, प्याज तथा कागतीको समेत बिगबिगी रहेको छ ।

खुल्ला सिमाना रहेको जिल्लाका बजारहरुमा भारतीय बजारका तरकारीहरु तथा फलफूलहरु परीक्षणबिना नै भित्रने गरेका छन् । आवतजावतसमेत रोक लगाइएको भए पनि भारतीय तरकारी तथा फलफूलहरु परीक्षणबिना नै बजारमा आउने गरेका छन् । कागती, आलु, प्याज, खुर्सानीलगायत तरकारीहरु र स्याउलगायत अन्य फलफूलहरु यतिबेला बिनापरीक्षण बिनारोकटोक नेपाली बजारमा आउने गरेको पाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy