Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

आजभोलि बाँझो जमीन देखिनै छाड्यो,

लमही । जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ । धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् ।

बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती गर्नेहरु यस वर्ष थपिएका छन् । केही वर्षदेखि प्लटिङ गरेर खेतीयोग्य जमीनलाई घडेरी बनाउने कार्य पनि पछिल्लो समय रोकिएको छ ।

कोभिड –१९ का कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु पनि अहिले गाउँघरमै खेतीपातीमा लागेका छन् । यसले गर्दा खेतीका लागि जनशक्ति पनि थपिएको छ ।

स्थानीय तहले पनि खाद्य सुरक्षा, रोजगार प्रबद्र्धन तथा गरीबी निवारण कार्यक्रमअन्तर्गत महामारीको कारणले रोजगारी गुमाएर फर्किएका स्थानीय नागरिकलाई रोजगारमूलक कार्यक्रम ल्याएका छन् । उनीहरुले आफ्ना पालिकामा तथ्यांक लिएर योग्यता, सीप, क्षमता र अनुभवका आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत रोजगारी उपलब्ध गराइने र

बेरोजगारलाई सीपमूलक तालीम सञ्चालन गरी बीउ पूँजी वा प्राविधिक सहयोग उपलब्ध गराइने नीति तथा बजेट ल्याएका छन् । त्यससँगै एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइने र खाद्य उत्पादन वृद्धि र सुरक्षित भण्डारण गरी शून्य भोकमरी अभियानलाई निरन्तरता दिइने नीति कार्यक्रम ल्याउँदै बजेटमा त्यसलाई सम्बोधन भएको छ ।

त्यस्तै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा व्यावसायीकरण गरी उत्पादनमा वृद्धि गरिने, भूउपयोगको नीति निर्माण गरी जग्गाको वर्गीकरण गरेर कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै खेती प्रणाली विस्तार गरी रोजगार सिर्जना गरिने र जग्गा बाँझो राख्नेलाई दण्ड जरिवाना गरिने नीति ल्याएसंँगै जिल्लामा बाँझो जग्गा प्रयोगमा आउन थालेको छ ।

सम्बन्धित निकायसँग यति नै बाँझो जग्गामा खेती शुरु भयो भन्ने तथ्याङ्क नभए पनि यस वर्ष बाँझो जग्गामा खेती शुरु भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसारक अधिकृत भरतराज पोख्रेलले जानकारी दिए । उनले भने ‘‘धानको बीउ, मल जुन रुपमा लगिएको छ, त्यसले य वर्ष अघिल्लो वर्षभन्दा धेरै क्षेत्रफलमा खेती हुने अनुमान गरिएको छ ।’’ गत साल ३५ हजार हेक्टरमा धान खेती गरिएकामा यस वर्ष लगभग थप तीन हजार हेक्टरमा खेती हुने प्रारम्भिक अनुमान गरिएको छ ।
दाङको जमीनमा प्रतिहेक्टर साढे तीनदेखि चार मेट्रिक टन धान उत्पादन हुन्छ । ‘यस वर्ष गाउँघरतिर जमीन बाँझो नरहने अवस्था बनेको छ’’, लमहीका रोमबहादुर केसीले भने ।

विदेशबाट फर्केकाहरु मात्र हैन, जिल्ला बाहिरबाट आएकाहरुले पनि खेती गरेका छन् । जिल्लामा धान मात्रै हैन, करेसाबारीको उत्पादनसमेत बढेको अनुमान गरिएको छ । वर्षे तरकारीका बीउ पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बिक्री भएको कृषि प्राविधिक माधव केसीले जानकारी दिए। ‘‘धान, तरकारीसँगै अन्य कृषि उत्पादन पनि बढ्ने देखिन्छ, घरको छेउछाउको बाँझो जमीनमा पनि खेती भएको छ’’, केसीले भने । भारतबाट फर्किनुभएका केशव वलीले भारतमा आफ्नो रोजगारी गुमेकाले गाउँमै खेत भाडामा लिएर धान रोप्न थालेको बताउनुभयो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending