Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

विनियोजन विधेयकमाथिको छलफल जारी

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेशसभा सचिवालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल भएको छ ।

बैठकमा प्रदेशसभा सदस्य दीपक कोइरालाले बजेटमा स्वास्थ्य बीमा, लक्षित वर्ग एवं समूहका लागि सहुलियत कार्ड वितरणलगायतका काम समेट्न खोजिनु स्वागतयोग्य भएको बताए। अर्का सदस्य कृष्णबहादुर थापाले बन्दाबन्दीका कारण समयमा कर तथा राजस्व बुझाउन नसकेका उद्योग तथा व्यवसायलाई छुट दिनेलगायतका विषय उल्लेख भएको बताए ।

सदस्य मनकुमारी गुरुङले विदेशबाट फर्केर आउने युवालाई कृषिमा आकर्षित गरी रोजगारी अभिवृद्धि गर्नुपर्ने सुझाव दिइए पनि त्यसतर्फ ध्यान दिनुपर्दछ भनिन् । सदस्य पियारी थापाले कोरोनासँग लड्नका लागि प्रदेश राजधानी बाहिर एउटा मात्रै आइसियु बेड रहेको पाइएको बताउँदै जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटरको व्यवस्था गर्न माग गरिन् ।

सदस्य धनमाया पोखरेल लामाले कृषिमा अनुदान वास्तविक कृषकले प्राप्त गर्न नसकेको बताउँदै अनुदानको कार्यविधि सामान्य जनतालाई चिन्न सक्ने हुनुपर्ने धारणा राखिन् । सदस्य मीना गुरुङले प्रदेशमा कृषिका धेरै सम्भावना रहेको बताइन्।

सदस्य धनञ्जय दवाडीले सामाजिक विकास मन्त्रालयले कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उल्लेख गर्दै पर्यटनको आम्दानी त्यही क्षेत्रमा नै लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे ।

सदस्य ओमकला गौतमले कृषिमा आत्मनिर्भर गराउनका लागि पर्याप्त बजेट नभएको बताउँदै महिला हिंसा रोक्ने खालका कार्यक्रम आउन नसकेको गुनासो गरे । सदस्य रोशन गाहा मगरले किसानलाई समयमा नै बीउ, मल तथा कीटनाशक औषधि प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । बैठकमा सदस्य सरिता गुरुङ, मनबहादुर गुरुङ, आशा कोइराला र विष्णुप्रसाद लामिछाने पनि बोलेका थिए । अर्को बैठक असार १७ गते दिनको १२ बजे बस्नेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy