बाँके । बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ ।
त्यसमध्ये ४४ जना महिला पीडित छन् । आठ जना पुरुषले घरेलु हिंसामा परेको उजुरी दिएका छन् । ठाडो उजुरी धेरै आए पनि त्यस्ता उजुरी मुद्दा प्रक्रियामा गएका छैनन् । जिल्लामा एक जना महिलाले मात्रै घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेका छन् भने यो अवधिमा सात वटा जबरजस्ती करणीका घटना भएका छन् । त्यसमा पाँच बालिका र दुई महिला पीडित छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेको इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले घरभित्र र आफन्तबाट हिंसा भोगेका महिला धेरै आएको बताइन् । “प्रहरीमा घरेलु हिंसा पीडित महिलाहरू ठाडो उजुरी लिएर आउने गरेका छन्”, उनले भनिन्, “तर मुद्दा प्रक्रियामा जाँदैनन् । छलफल र मेलमिलापमा जाने गरेका छन् । यस अवधीमा दुई बालक, दुई बालिका र तीन महिला गरी सात जना हराएका छन् । तीन बालक, एक बालिका र एक महिला गरि पाँच जनालाई बेवारिसे अवस्थामा फेला पारिएको छ । एक बालक र दुई जना महिला गरी तीन जनाले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा घटना दर्ता भएका छन् ।
बन्दाबन्दीको अवस्थामा देवानी प्रकृतिको मुद्दा लिइएन । अदालत पूर्णरुपमा बन्द भएकाले सरकारवादी अर्थात फौजदारी मुद्दामा पनि खासै ध्यान दिइएन । यसले पीडित झनै पिडामा परेको अधिवक्ता वसन्त गौतमले बताए । उनले भने, ‘सुरक्षाकर्मीले पनि हिंसाको गहिरो अनुसन्धान गर्न नसकेको अवस्था छ ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: