Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट)सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ ।

उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संसद्मा कार्यसूची बन्न पाएको थिएन ।

हाल बजेट अधिवेशन पनि अन्त्यको अवस्था भएकाले तत्काल अनुमोदन हुने स्थिति नभएकाले सो सम्झौताअन्तर्गतका बजेट र कार्यक्रम हाल रोकिने भएका हुन् । नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि सञ्चालित उक्त सम्झौता कार्यान्वयन अवधिबारे अमेरिकाले पनि असार १५ गते वक्तव्य निकाली आयोजना शीघ्र कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को जोखिमसमेतका कारणले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराउनु परेको उल्लेख गर्दै हाल अनुमोदन हुन नसकेको बारेमा अमेरिकी सरकारलाई अवगत गराइएको बताए। उनले विगतमा सरकारले गरेको एमसीसीको सम्झौतालाई कार्यन्वयन गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट भए पनि कतिपय दृष्टिकोणका कारण यसमा विवाद देखिएको उल्लेख गरे ।

सरकारले यसबारे बुझाउन नसकेको त होइन भन्ने राससको जिज्ञासामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका मन्त्री डा खतिवडाले भने, “एमसीसीमा त्यसबेला सम्झौता गर्दा कतिपय बुँदामा फरक ढङ्गले प्रस्तुत गर्न सकिन्थ्यो भन्ने विषयमा छलफल गर्न सकिन्छ, तर अहिले विवाद कायम रहनु सरकारलाई हेर्ने दृष्टिकोण र विश्वासको कुरा हो, कतिपय विषय पछि पनि लेटर अफ एक्स्चेन्जका माध्यमबाट मिलाउन सकिन्छ ।”

उनले कोरोना महामारीका कारण उक्त सम्झौता लागू गर्न आवश्यक पूर्व तयारीका काम हुन नसकेकाले पनि समयसीमा थाँतीमा रहेको जनाए । सरकारले उक्त सम्झौताअन्तर्गतका कार्यक्रमको कार्यान्वयनका लागि बजेट तर्जुमा गरेकामा सत्तारुढ दलभित्र असन्तुष्टि देखिएपछि सरकारले सम्झौता अनुमोदन भएको अवस्थामा मात्रै उक्त कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्झौता अनुमोदनका लागि सरकारले गत वर्ष असार ३१ मा प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेको थियो । नेकपाको जारी स्थायी कमिटीको बैठकमा यस विषयलाई पनि कार्यसूची बनाइएको छ ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्मको स्थायी कमिटीमा सो विषयमा प्रश्न उठाइएको थियो भने गत माघ १५ देखि १९ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले सोबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदलले गत फागुन ९ गते नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन दिएको थियो । कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न सुझाव दिएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सो सम्झौता चाँडो पारित गर्न आग्रह गर्दै आएको छ । यो सम्झौता लागू भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

करिब रु ६४ अर्बको सो परियोजनामा करिब रु ५१ अर्ब अमेरिकी र रु १३ अर्ब नेपाल सरकारको लगानी हुनेछ । दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’ भएको थियो ।

सम्झौतामा काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ । संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा प्रसारण विस्तारको विषय उल्लेख छ ।

यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ ।

यही असार १५ गते एमसीए–नेपालले आयोजना कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको जनाएको थियो । उसले कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरुपका कोभिड– १९ को महामारीका कारण कार्यान्वयनको थालनी मितिमा पुनःविचार आवश्यक देखिएको जनाएको थियो ।

एमसीए नेपालले यही असार १५ गते जारी गरेको विज्ञप्तिमा भनेको थियो, “हालैका दिनमा भने विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनीमा पुनःविचार आवश्यक देखिएको छ ।”

आयोजनाको कार्यान्वयनका लागि विभिन्न चरण तथा पूर्वशर्त पूरा भइसकेका छन् । आयोजनाका लागि केही स्थानमा जग्गा प्राप्ति तथा अन्य कामसमेत शुरु गरिसकिएको छ । वन क्षेत्रको जग्गा प्रयोग र संसदीय अनुमोदनलगायतका काम भने बाँकी रहेका छन् । ती काम अगाडि बढेपछि आयोजना कार्यान्वयनमा जानेछ । नेपालको ऊर्जा क्षेत्रका लागि कूल ४०० केभी क्षमताको प्रसारण लाइन असाध्यै महत्वको रहेको र ऊर्जा मन्त्रालयले तयार पारेको प्रसारण गुरुयोजनाको समेत प्रमुख हिस्सा रहेको छ ।


aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy