काठमाडौ । विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । समितिद्वारा सिंहदरबारमा आज आयोजित रुकुम घटनाबारे छलफलमा दलित समुदायका नेताहरुले रुकुम हत्या जातीय आधारमा भएको र दोषीहरुलाई राजनीतिक संरक्षणबिना हदै सम्मको कारवाही गर्न अनुरोध गरेका हुन् । सोही अवसरमा संयोजन पौडेलले सोती घटनामा संलग्नहरुलाई हदैसम्म कारवाही हुने गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रस्ट पारे ।
संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढङ्गबाट अध्ययन भएको बताउँदै दोषीहरुलाई कानूनबमोजिम कारवाही हुने बताए । सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको बताउँदै उनले हदै सम्मको कारवाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे । हत्याको चौतर्फी विरोध भएपछि सरकारले जेठ २६ गते सत्यतथ्य छानबिनका लागि नौ सदस्य समिति गठन गरेको थियो । समितिले रुकुम हत्या प्रकरणको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने गरी काम गरिरहेको छ ।
सोही अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक जीवन परियारले नरसंहारयुक्त घटनालाई राजनीतिकरण गरेर दोषीहरु उम्काउन खोजिएको आरोप लगाउनुभयो । यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै पाँचजना उनका साथीहरुको पनि हत्या गरिएको थियो । सो घटनाको विरोधमा दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: