Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

सङ्कटमा अवसर देखेपछि...

बागलुङ । बन्दाबन्दीले सुवास श्रेष्ठको सोचलाई रोकेन । व्यवसायमा अनुभवी उनले नयाँ जुक्ति रचे । सङ्कटलाई अवसरमा बदले । बागलुङ नगरपालिका–२ का उनले रु ५० लाखको लगानीमा ‘ब्राउन आइज मार्ट’ खोलेर नयाँ व्यवसायमा हात हाले ।

उनको लगानीमा सञ्चालित ‘ब्राउन आइज पार्टी प्यालेस’, रेष्टुराँ, सिनेमा घर, जिमखाना र नृत्यशाला अहिले बन्द छन् । चल्तीका व्यवसाय कोरोनाका कारण एकाएक थलिएपछि उनले नयाँ योजना बुने । “पार्टी प्यालेस, रेष्टुराँदेखि मेरो सबै व्यवसाय अहिले ठप्प छ”, उनले भने, “बन्दाबन्दीले आर्थिकरुपमा समस्या हुन थालेपछि नयाँ उपाय निकालेँ ।” उनले घरायसी सामान जस्तो स्थितिमा पनि किनमेल हुने देखेर ‘मार्ट’ खोलेको प्रतिक्रिया दिए ।

अदालत रोडस्थित ‘मार्ट’मा खाद्यान्न, तरकारी, शृङ्गार, डेरीजन्य उत्पादनलगायत घरायसी सामग्री उपलब्ध छन् । “स्वदेशदेखि विदेशी ब्राण्डसम्मका सामान राखेका छौँ”, उनले भने, “बच्चाका खेलौना, उपहार पनि थप्ने योजना छ ।”

उक्त ‘मार्ट’ बाग्लुङ बजारकै ठूलो रहेको उनको जिकिर छ । ‘मार्ट’ तीन हजार स्क्वायर फिटमा बनेको छ । चार जना कर्मचारी राखेर सेवा दिइरहेको उनले बताए । आउँदा दिनमा ग्राहकको मागअनुसार घरघरमै सेवा पु¥याउने लक्ष्य लिइएको छ । पहिलेदेखि सञ्चालनमा रहेका व्यवसाय कहिले खुल्ने कुनै निधो नभए पनि श्रेष्ठ नयाँ व्यवसायको प्रवद्र्धनमा लागे । कोरोना सङ्कट मत्थर भएपछि सबै व्यवसाय पुरानै अवस्थामा फर्कने उनको विश्वास छ ।

“अरु व्यवसाय पनि विस्तारै खुल्दै जाला अहिलेलाई समयको मागअनुसार मार्टमा लगानी गरेँ”, उनले भने । उनले सामान किनबेच गर्दा आवश्यक सावधानीसहित भौतिक दूरी अपनाउने गरिएको बताए ।

उमेरले बल्ल ३३ वर्ष टेके पनि आँट र मेहनत भयो भने उद्यमी बन्न उमेरले छेक्दैन भन्ने उदाहरण उनी बने । उनले सञ्चालन गरेका व्यवसायमा रु १२ करोड लगानी छ । विसं २०५७ तिर बागलुङमा नृत्य प्रशिक्षण केन्द्र खोलेर व्यवसाय शुरु गरेका उनले बागलुङ, म्याग्दी हुँदै पोखरासम्म व्यवसाय विस्तार गरेका छन् । उनले गत वर्षमात्रै पोखरामा रु छ करोडमा ‘ब्राउन आइज पार्टी प्यालेस’ खोलेका थिए।

बागलुङमा सोही नामको ‘पार्टी प्यालेस’ विगत चार वर्षदेखि सञ्चालित छ । दुई ‘पार्टी प्यालेस’सँगै अन्य व्यवसायमा गरी करिब ५० जनाले रोजगारी पाएका थिए । अहिले व्यवसाय बन्द हुँदा रोजगारी पनि गुमेको छ । उहाँलाई दिदी मीना, श्रीमती सनमसहित परिवारका सदस्यले व्यवसायमा सघाउने गरेका छन् । “ससुराली परिवारकोतर्फबाट पनि मलाई सहयोग छ”, उहाँले भने, “सबैको साथ र हौसलाले व्यवसाय चलेको छ ।”

हालसम्म गरेका व्यवसायबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ । “जस्तोसुकै समस्यामा पनि म आत्तिन्न बरु जोखिम उठाएर अघि बढ्छु”, उनले भने । देशमै आत्मनिर्भर बन्ने सोच र उद्देश्यले व्यवसायमा होमिएको उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE