Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

खेल सङ्घले एन्टी डोपिङ नियम बनाउनुपर्ने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ ।

भिडियो कन्फरेन्समार्फत आज सङ्घका पदाधिकारीसित भएको छलफलमा एनओसीले उक्त निर्देशन दिएको हो ।

सङ्घहरुलाई आगामी साउन मसान्तसम्म एन्टी डोपिङ नियम बनाएर प्रतिवेदन नेपाल एन्टी डोपिङमा बुझाउन एनओसीले निर्देशन दिएको छ । सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त नियमलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताए । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले एन्टी डोपिङ नियम बनाउन सङ्घलाई सहयोग गर्ने बताए ।

छलफलमा एनओसीमा आबद्ध २७ खेलकुद सङ्घका पदाधिकारीको सहभागिता थियो । सो अवसरमा कमिटीका मेडिकल कमिसन प्रमुख सरोजकृष्ण श्रेष्ठले सङ्घका सबै अध्यक्ष र महासचिवलाई नयाँ नियमबारे जानकारी गराएका थिए । सन् २०२१ को विश्व एन्टी डोपिङ कोडको आर्टिकल १८ अनुसार सबै खेल सङ्घले आफ्नो एन्टी डोपिङ नियम बनाउनुपर्ने उल्लेख छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy