Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विश्वभरी सवा करोड मानिस काेरोना सङ्क्रमित, भारतमा एकैदिनमा २८ हजार सङ्क्रमित

बेइजिङ्क। काेरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।

भारतमा विगत २४ घण्टामा २८ हजार सङ्क्रमित

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा एकैदिन एक हजार ७१ को मृत्यु

त्यसैगरी ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भियतनाममा भेटिएनन् सङ्क्रमित

कोरानाभाइरसबाट प्रभावित हुदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् ।

स्थानीय समय अनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ । सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४।६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् ।

भियतनाममा कोरोनाभाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending