विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसायका’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विषय समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ९१(१) (ख) बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियताले सो प्रस्ताव सभामा पेश गर्नुभएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गरिन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मौसम विज्ञान विभागले मौसम सम्बन्धमा दिएको सूचनाका आधारमा प्रदेश सरकार पूर्ण तयारी अवस्थामा रहेको बताए । उनले असार २४ गतेदेखि परेको अविरल वर्षाबाट जनधनको क्षति हुन नदिन प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीलाई सर्तक भएर बस्न निर्देशन दिइसकेको जानकारी दिँदै आज बिहान २ः०० बजे सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो परेर पूर्णरुपमा क्षतिमा भएका नौ घरपरिवारलाई उद्धार तथा राहतका लागि सुरक्षा टोली परिचालन गरिसकेको जानकारी दिए ।
उनले घटनाका सम्बन्धमा थप सूचना सङ्कलन भइरहेको र एकजनाको उद्धारका क्रममा मृत्यु भई ११ जना बेपत्ता रहेका बताए । मन्त्री कार्कीले सुनसरी, मोरङ, झापा, भोजपुर, ओखलढुङ्गालगायतका जिल्लाका बाढी र पहिराका कारण जोखिममा परेका विवरण प्रस्तुत गर्दै बाढी र पहिरामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिने बताए ।
उनले विपद् हाम्रो साझा समस्या भएकाले यसलाई समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने भन्दै सरकारको पूर्वतयारीकै कारण बाढीबाट तराई र पहाडका जिल्लामा क्षति कम भएको जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: