भीमदत्तनगर । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार साँझसम्म यहाँका नौवटै जिल्लामा गरेर तीन हजार ७५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यहाँ पहिलोपटक गत चैत दोस्रो साता दुबईबाट घर फर्किएका कैलालीको धनगढीका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । निर्देशनालयका अनुसार हालसम्म कोरोना पुष्टि भएका एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । पिसीआर विधिबाट कोरोना परीक्षणका लागि २६ हजार ९९१ जनाको स्वाब सङ्कलन गरिएकामा शनिबारसम्म ९११ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ कोरोना जित्नेको दायरा बढ्दै गइरहेको बताए । “अन्यत्रभन्दा यहाँ निको भएर जाने अवस्था निकै सन्तोषजनक छ”, उनले भने, “हामीले यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।”
उनले सुदूरपश्चिममा क्वारेन्टिनमा रहेका नागरिकको पिसिआर विधिबाट परीक्षणका लागि नमूना सङ्कलन भइरहेको बताउनुभयो । यहाँका स्थानीय तहका क्वारेन्टिनमा हाल चार हजार ९७३ जना भारतलगायत बाहिरबाट आएर बसिरहेका छन् । “जेठमा यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्या ६६ हजारभन्दा बढी थियो”, निर्देशक डा अवस्थीले भने, “अहिले भारतबाट आउनेको सङ्ख्यामा पनि कमी आएको छ ।”
उनले भिडिएमलगायतका स्वास्थ्य उपकरण अभावका कारण स्वाब सङ्कलनमा केही ढिलाइ भइरहेको बताए । “कैलाली जिल्लाका क्वारेन्टिनमा रहेकाको स्वाब सङ्कलन आज करिब ७० प्रतिशत सकिन्छ”, अवस्थीले भने, “अन्य जिल्लामा पनि सङ्कलन कार्य भइरहेको छ ।” उनले भारतबाट स्वदेश फर्किएर क्वारेन्टिनमा बसेका कम्तीमा एक हप्तापछि स्वाब सङ्कलन गर्ने गरेको बताए ।
“क्वारेन्टिनमा बस्नासाथ स्वाब सङ्कलन गर्न मिल्दैन”, उनले भने, “कम्तीमा सात दिन भएकै हुनुपर्छ ।” निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये दुई हजार ८९० पुरुष र ८६८ महिला रहेका छन् । सङ्क्रमितमध्ये ८१ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: