दमौली । पहिरोले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । यो सँँगै तनहुँमा पहिरोले पुरिएर निधन हुनेको सङ्ख्य ११ पुगेको छ । यसअघि सोमबार दश जनाको शव फेला परेको छ । व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ ।
पहिरोले पुरिएर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका पाँच, व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजको श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै ५ वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थाापा र निजको श्रीमती १९ वर्षीया मनिसरा थापा, व्यास नगरपालिका–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अन्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको पहिराले पुरिएर मृत्यु भएको थियो ।
पहिरोले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा, सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवर र ऋषिङ गाउँँपालिका–८ भैँसीकिलोका ६० वर्षीय ज्योतिमाया थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: