काठमाडौ । भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रुपमा स्थापना गरिएको विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप बढदै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा नयाँ दर्ता मात्र ४५० थान मुद्दा छन् ।
अघिल्लो आर्थिक वर्षबाट सरिआएको ३९३ थान गरी जम्मा ८४३ मुद्दा रहेका छन् । त्यसमध्ये ६६५ थान मुद्दा फछ्र्यौट गर्न बाँकी छ । “अदालतमा मुद्दाको चाप बढ्दै गएको छ,” विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी भने, “पर्याप्त जनशक्तिको अभावका कारण मुद्दा फछ्र्यौटमा ढिलाइ भइरहेको छ, अहिलेसम्म ८४३ थान जस्तो ठूलो मुद्दाको सङ्ख्या यसअघि कहिल्यै पुगेको थिएन ।”
कोरोना भाइरसको महामारीका कारण मुद्दा फछ्र्यौटमा प्रभाव परेको छ । यस आवमा १७८ मुद्दा फछ्र्यौट भएको छ । फैसला भएकामध्ये ८६।५१ प्रतिशत दोषी ठहर भएको छ भने १३।४८ प्रतिशत मुद्दामा सफाइ पाएको छ । एउटा मुद्दा खारेज नै भएको छ ।
मुद्दाको सङ्ख्या अत्यधिक रुपमा वृद्धि हुँदै गइरहेको परिप्रेक्ष्यमा आफ्नै भवन नहुनु, वन परिसरको भवन प्रयोग गरिएकामा हाल सो भवनसमेत पर्याप्त नहुनुजस्ता कारण न्याय सम्पादनमा कठिनाइ हुँदै गएको अदालतका अध्यक्ष अधिकारीको भनाइ छ ।
अदालतले हालसम्म धरौटी र बैंक ग्यारेन्टीमार्फत रु ४८ करोड राजस्व सङ्कलन गरेको छ । उक्त राजश्व सरकारी कोषमा जान्छ । यस आर्थिक वर्षमा धरौटी अदालतले रु १४ करोड २६ लाख ४३ हजार ९२ रहेको छ भने यस आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रु करोड ८९ लाख ६५ हजार ५५ फिर्ता गरेको छ । त्यस्तै, सम्बन्धित मुद्दाका पक्षलाई एक करोड ३३ लाख ५४ हजार ३७५ फिर्ता गरिएको छ ।
विशेष अदालतका अध्यक्ष अधिकारीले अनुसन्धानमा काम गर्ने करिब ४०० प्रहरी भएको तर अदालतमा ४७ जनाको दरबन्दीले अहिले पनि धान्नुपर्ने अवस्था रहेको सुनाए । “अहिले अपराधका क्रम पनि फरक खालको छ, सुशासन नै हामीलाई चुनौती भएको छ” उहाँले थप्नुभयो, “यहाँ मुद्दाको फाइलमा होइन, बोरामा आउँछन्, सबै हेरेर न्याय सम्पादन गर्नुपर्ने हुन्छ, त्यसले गर्दा समयमा न्याय सम्पादन गर्न कठिन छ ।”
अदालतमा फछ्र्यौट हुन बाँकी मुद्दामध्ये दुईवर्ष नाघेका मुद्दा ३१ थान, १८ महिनादेखि दुई वर्ष नाघेका मुद्दा ३९ थान, १८ महिनाभित्रका ५९५ थान रहेको छ । अदालतका अध्यक्ष अधिकारीका अनुसार प्रमाण जुटाउन कठिनाइ र प्राविधिक कारणले गर्दा केही मुद्दा फछ्र्यौट गर्न समय लागेको हो । प्रमाणबिना मुद्दा फछ्र्यौट गर्ने कुरा भएन । सबै पक्षबाट प्रमाणहरु सङ्कलन गर्दा समय लाग्ने गरेको छ ।
विशेष अदालत ऐन, २०५९ बमोजिम २०५९ भदौ ६ गते विशिष्टिकृत अदालतका रुपमा विशेष अदालत स्थापना भएको थियो । अदालतले नेपालको संविधान, कानून र अन्तरराष्ट्रिय रुपमा स्थापित न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन गर्दै आएको छ । पछिल्लो समयमा अदालतमा मुद्दाको चाप निकै बढदै गएको छ । अदालतले फैसला लेखनको कामलाई भने निकै तिव्रता दिएको छ । यस आवमा १७८ मुद्दा फछ्र्यौट भएकामा १७४ मुद्दाको फैसला लेखिसकेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: