Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अब तोकिएको सङ्ख्यामा कामदार पठाउन नसक्ने म्यानपावरको पनि नवीकरण हुने

काठमाडौ । लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ काम कारण इजाजत प्राप्त म्यानपावर कम्पनीले कामदार विदेश पठाउन नसकेको निष्कर्ष निकाल्दै वार्षिक १०० जना कामदार पठाउन नसकेका म्यानपावर नवीकरणका लागि आएमा नियमानुसार नवीकरण गरिदिने निर्णय गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ मा लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत रद्द हुने व्यवस्था छ । कोभिडका कारण वैदेशिक रोजगार प्रभावित हुँद वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६५ मा उल्लेखित इजाजत रद्दसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बाधा परेकाले सोही ऐनको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्बाट बाधा अड्काउ फुकाउन आदेश जारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ का कारण विश्व श्रम बजार प्रभावित हुँदा झण्डै ५०० म्यानपावर कम्पनीले तोकिएको सङ्ख्यामा कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सकेका थिएनन् । जसका कारण उनीहरुको इजाजत रद्द हुने अवस्था सिर्जना भएको थियो । ठूलो सङ्ख्यामा म्यानपावर खारेजीमा पर्ने भएसँगै श्रम मन्त्रालयले बाधा अड्काउ फुकाउका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । हाल ८५४ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि अनुमति पाएका छन् । यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले बाधा अड्काउ फुकाउ आदेश जारी गरेर म्यानपावरको नवीकरण गर्ने निर्णयको स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending