विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटकले गत आर्थिक वर्ष २०७६÷७७ मा रु एक करोड ५८ हजार राजस्व उठाएको छ । अघिल्लो आव २०७५÷७६ को तुलनामा रु ५१ लाख राजस्वमा कमी आएको छ । सोे आव २०७५÷७६ मा जरिवाना राजस्वमा १ करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६÷७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारवाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ । गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही सङ्ख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ । उनी भन्छन्, “कोरोनाका कारण दुईपाङ्ग्रे र चारपाङ्गे्र सवारी साधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, चालक अनुमतिपत्र फेल भएका साधनलाई कारवाही गर्न समयमा लकडाउन हुनुका साथै सवारीसाधन गुड्न नपाएको हुनाले त्यसैकारण पनि गत वर्ष हेरी अहिलेको समयमा राजस्व र कारवाही सङ्ख्यमा कमी आएको हो ।”
गत आवमा ट्रक तीन, टिपर दुई, बस दुई, कार, जिप एक तथा मोटरसाइकल १५ दुर्घटनामा परेका थिए । प्रनानि भट्टराई भन्छन्, “गत वर्षको सवारी दुर्घटनामा परी मृत्यु हुने ११ जना, गम्भीर घाइतेको सङ्ख्या १६, सामान्य घाइतेको सङ्ख्या नौ गरी जम्मा दुर्घटना सङ्ख्या १९ रहेको छ ।”
अघिल्लो आवमा सडक दुर्घटनाको तथ्याङ्कअनुसार जम्मा सवारी दुर्घटना–२३ मृत्यु हुनेको सङख्या–४१, गम्भीर घाइते हुनेमा २९, समान्य घाइते हुनेमा १६ रहेका थिए । गत आवको तथ्याङ्कअनुसार सवारीसाधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, लाइसेन्स फेल भएका र नभएका गरी विभिन्न सवारीसाधन गरी १४ हजार ७३१ मध्ये लकडाउनको समय चैतदेखि असारसम्मको तथ्याङ्कमा कारवाही सङ्ख्या एक हजार ७८१ रहेका छन् । ती साधनबाट ११ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।
गत वर्ष ०७५÷७६ मा कारवाहीमा परेका २२ हजार ६५६ साधनबाट राजस्व ४६ लाख ७१ हजार ५०० उठेको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: