Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

चार हजार हेक्टर धानबाली डुबानमा

सप्तरी । असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई-दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए ।

सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताए।

यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको राउतले जानकारी दिए । डुबानमा परेकामध्ये सरदर एक÷एक हजार हेक्टर खेत जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ । थप वर्षा नभए डुबान भएको धानबाली जोगिन सक्छ तरलगत्तै वर्षा भएमा क्षति हुने राउतले बताए । साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने राउतले जनाए । लगातार डुबानमा परिरहे बीउ कुहिने धान उत्पादन नहुने उनको भनाइ छ ।

सप्तरीमा ६२ हजार ८०० हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानबाली लगाउने गरिएको छ । वर्षाका कारण केही क्षेत्रमा धानबाली डुबानमा परे पनि रोपाइँको समयमा उपयुक्त वर्षा भएको र समयमै रोपाइँ सकिएकाले सप्तरी र सिरहामा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर तीन मेट्रिक टन र सिरहामा सरदर दुई दशमलव आठ मेट्रिक टन धान उत्पादन हुने अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाको अनुमान छ । अघिल्लो वर्ष सप्तरी र सिरहामा लगभग प्रतिहेक्टर दुई दशमलव ५५ मेट्रिक टनको अनुपातमा धान उत्पादन भएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy