Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आर्थिक सङकट र महामारीबीच युद्धग्रस्त सिरिया निर्वाचनमा, लाखौँ नागरिक मतदानबाट बञ्चित हुनसक्ने

एजेन्सी । युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनका लागि मतदान गर्दैछ। सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको सुरु भएदेखि यो देशको तेस्रो हो ।

राष्ट्रपति बसर अल असदले सिरियाली नेतृत्वमा आएको पनि दुई दशक पुगेको छ ।

युद्धले ग्रसित अर्थतन्त्र कमजोर हुँदै जाँदा करिब दुई हजार १०० उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्दा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमध्ये पश्चिमी मुलुकहरू अमेरिका र यूरोपेली संघका सदस्य कतिपय मुलुकहरूले प्रतिबन्ध लगाएका केही ठूला व्यवसायीहरू पनि रहेका छन् । उनीहरूले २५० सीट भएको सिरियाली संसदमा राष्ट्रपतीय असदको प्रभुत्व रहेको देखिन्छ ।

देशभरि धेरै सूचिहरू सञ्चालन गर्न अनुमति दिइएको यस निर्वाचनमा पनि कुनै वास्तविक विपक्ष चुनावमा प्रतिस्पर्धाबाट टाढा नै रहने छन् । सत्तारूढ बाथ पार्टीको आधिपत्य सुनिश्चितता गरिएको निर्वाचनमा कुनै आश्चर्यजनक नतिजाको अपेक्षा गरिएको छैन । सिरियामा हरेक चार वर्षमा निर्वाचन भएपनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमत घोषणा हुने गरेको छ किनकि विपक्षीहरू निर्वाचनको दौडमा सामेल हुने वातावरण नै छैन ।

सिरियामा गत अप्रिलमा नै निर्वाचन गर्ने घोषणा भएको थियो तर विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोभिड–१९ भाइरसको प्रकोपका कारण दुई पटकसम्म निर्वाचन मिति सरेको थियो ।
कोरोनाभाइरसले सिर्जना गरेको विश्वव्यापी आर्थिक सङ्कट र नरसंहारले सिरियाको पीडालाई थप सङ्कटपूर्ण बनाएको छ । सिरियामा अनियन्त्रित मुद्रास्फीति र कालो बजारका कारण राष्ट्रिय मुद्राको अन्तर्राष्ट्रिय बजारमा निरन्तर गिरावट रहँदै आएको छ ।

मूल्य वृद्धि, पुनः निर्माण र शरणार्थीलाई स्वदेश फिर्ता उम्मेदवारको प्रमुख नारा

धेरै सिरियालीहरू जीवनको बढ्दो लागतबाट दिक्क भएकाले अधिकांश उम्मेदवारहरूले मूल्य वृद्धि रोक्ने वाचा गरेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार गत बर्ष सिरियाभर खाद्यान्नको मूल्य दुई गुणा बढेको छ । यहाँका ८० प्रतिशतभन्दा बढी मानिस गरिबीमा बाँचिरहेका राष्ट्रसंघीय निकाय विश्व खाद्य संघको तथ्याङ्क रहेको छ ।

केहीले पुनः निर्माणको आश्वासन दिइरहेका छन् । उनीहरूले युद्धले विध्वंश गरेका पूर्वाधारहरूलाई पहिलेको अवस्थामा ल्याउने र स्वदेश तथा विदेशमा शरणार्थीका रूपमा रहेका लाखौं शरणार्थीहरूलाई घर फर्काउने वाचा गरिरहेका छन् ।

सिरियामा बोलिने अरबी भाषालाई अङ्ग्रेजीमा उल्था गर्दै ३२ वर्षीय अबीर दीबेले भन्नुभयो, “मतदाताले आफ्नो जीवनस्तर सुधार्नका लागि उत्तम व्यक्ति छनौट गर्न निर्वाचनको सहारा लिनुपर्नेछ ।”

“गरिबीले बाँधिएको जीवन स्तर र सार्वजनिक सेवा सुधार गर्नु विगत लामो समयदेखि जनताले आफ्ना प्रतिनिधिसँग माग गर्ने र अपेक्षा गर्ने विषय बन्ने गरेको छ,” उहाँले भन्नुभयो । युद्धका समय जनताको प्राथमिकता अरू पनि रहने गरेका छन् ती हुन् जीवनको सुरक्षा र अर्थतन्त्रको सुधार ।

लाखौँ नागरिक मतदानबाट बञ्चित हुनसक्ने

सिरियाली अल–वटान अनलाइन पत्रिकाका अनुसार सरकारको नियन्त्रण बाहिरका क्षेत्रबाट विस्थापित भएकाहरूले देशभर विशेष गरी उनीहरूको लागि स्थापना गरिएका मतदान केन्द्रहरूमा मतदान गर्नसक्ने निर्वाचन आयोगले बताएको छ । तर निर्वाचनमा लाखौं शरणार्थीसहित देश बाहिर रहेका सिरियालीहरूले भाग लिन सक्ने छैनन् । सिरियाको झण्डै आधा जनसङ्ख्या आन्तरिक वा वाह्य शरणार्थीका रूपमा विस्थापित बनेका छन् ।

निर्वाचन आयोगका सदस्य रियाद अल–कवासले अल–बटानसँगको कुराकानीमा भने, “निर्वाचन कानून बमोजिम देश भित्रका मतदान केन्द्रहरुबाहेक संसदीय चुनावमा लाखौँ सिरियाली शरणार्थीसहित प्रवासीलाई मतदान गर्न मिल्दैन ।”

सिरियाली नागरिकहरूले सन् २०११ पछि पहिलो पटक देशका धेरै भूभागमा मतदान गर्नेछन् । यो निर्वाचनका लागि सात हजार ३१३ मतदान केन्द्र तोकिएको छ । ती मध्येका कतिपय क्षेत्रहरुमा सरकारले अन्तिम पटक मतदान सम्पन्न गरेको थिएन ।

पछिल्ला वर्षहरूमा सरकारले देशका अधिकांश भागलाई आफ्नो कब्जामा लिइसकेको छ । गत निर्वाचनमा मतदान भएका कतिपय स्थानमा सरकारको नियन्त्रण छैन त केही स्थानमा विगत लामो समयदेखि सरकारको उपस्थिति नरहेको भएपनि पछिल्ला केही महिना यता सरकारी सेनाले उक्त क्षेत्रलाई कब्जामा लिएको छ ।

“यो संसदीय चुनाव त्यस्तो समयमा भइरहेको छ जब सिरियाली सेनाले सशस्त्र समूहले कब्जा गरेको प्रायः क्षेत्रहरू कब्जा गरिसकेको छ,” न्यायाधीश तथा निर्वाचन आयोगका सदस्य हेबा फातुमले एएफपीसँग भने ।

रुस समर्थित सरकारी सेनाले सन् २०१८ मा राजधानीको ढोकामा नै रहेको पूर्वी घौटा र यस वर्षको सुरूमा उत्तर पश्चिमी इदलिब प्रान्तको दक्षिणी भागका धेरै क्षेत्रहरू कब्जा गरिसकेका छन् ।

दमास्कस र त्यसको गाउँमा सडकहरू उम्मेदवारहरूको पोस्टरले रङ्गाइएका छन् । तीमध्ये गत महिना लागू गरिएको अमेरिकी सिजर ऐन ९यूएस सिजर एक्ट० लगायत पश्चिमी प्रतिबन्ध लगाइएका व्यापारीहरू पनि निर्वाचनको दौडमा रहेका छन् । पुनः चुनावको लागि भाग लिइरहेका सभासद् मोहम्मद हमशो एक व्यापारी छन्। उनले निर्वाचनका लागि उम्मेदवारी दिएका छनु। उहाँमाथि सन् २०११ देखि असदलाई समर्थन गरेको कारण अमेरिकाले कालोसूचीमा राखेको छ । अमेरिका र युरोपियन युनियनले प्रतिबन्ध लगाएका दमास्कस एयरपोर्ट नजिकै विलासी पर्यटकीय रिसोर्ट निर्माण गर्न सरकारी सम्झौता जितेका खालिद जुवेदीलाई पनि निर्वाचनमा एक सशक्त व्यापारिक क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा हेरिएको छ ।

सन् २०११ मा प्रतिपक्षीको विरोध प्रदर्शनबाट सुरू भएको र सरकारको व्यापक दमनपछि गृहयुद्धमा परिणत आन्दोलनमा अहिलेसम्म तीन लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । यसले देशको अर्थतन्त्रको ठूलो हिस्सा खेर गएको छ ।

नयाँ संसदले नयाँ संविधानमा हस्ताक्षर गर्ने र अर्को राष्ट्रपति चुनावका लागि उम्मेदवारहरूलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । बुबाको शासनको तीन दशक पछि २००० मा पहिलो पटक सत्तामा आएका असदले आइतबारको मतदान पछि नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

के निर्वाचनपछि सिरियाबारे अन्तर्राष्ट्रिय सहमति जुट्ला

लण्डनबाट नेत्ररोग विशेषज्ञका रूपमा अध्ययन पूरा गरेका ३४ वर्षीय असदले करिब २० वर्ष पहिले सत्ताको बागडोर सम्हाल्दा सिरियामा गृहयुद्ध चलेको थिएन । उहाँको दोस्रो कार्यकालको प्रक्रिया र निर्वाचनबाट नेतृत्वप्रति असन्तुष्ट वनेका सिरियाली विद्रोहीले अमेरिका तथा यूरोपेली मुलुकहरूको सहयोगमा उहाँलाई हटाउन प्रयास गरेको बताउने गरिन्छ । तर रूसको बलियो समर्थनका कारण असदले २० वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन्।

असदको सरकार पश्चिमी प्रतिबन्धका कारण अपाङ्गजस्तो बनेको राजनीतिक बिश्लेषकहरूले बताउने गरेका छन् । विपक्षी दलको आन्दोलनले गति लिन थालेपछि असदले रूसी सहयोग लिएर आफ्नै देशका नागरिकमाथि बर्बर दमन गरेको आलोचकहरूले बताउने गर्छन् । तर उनको बाथ पार्टी र शुभेच्छुकले भने असदको नेतृत्वलाई नमान्न यूरोप र अमेरिका लागिपरेको धारणा राखेको पाइन्छ ।

पछिल्ला केही वर्षमा सिरियामा विदेशी सैनिक, स्लामिक संगठनका लडाकू तथा जिहादी समूहहरूबीच जटिल युद्ध चल्दै आएको छ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा शान्ति सम्झौताका लागि प्रयास भएपनि विना उपलब्धी रोकिएका छन् । सरकारको बलियो सहयोगी रूस र विद्रोही समर्थक टर्कीको नेतृत्वमा रहेको समानान्तर द्वन्द्व हालका वर्षहरूमा पनि निरन्तर रहँदै आएको छ । सन् २०२१ को राष्ट्रपति निर्वाचन नजिक आइपुग्दासम्म युद्ध रोक्नको लागि कुनै राजनीतिक समाधान भेटिएको छैन ।

दमास्कसका सरकार निकट मानिने विश्लेषक ओसामा डानुराले सिरियाली सरकार युद्ध अन्त्य गर्न राजनीतिक समाधानको लागि खुला हुने बताए । तर उनले ‘अन्तर्राष्ट्रिय सहमति भनेको दीर्घकालीन र जटिल मुद्दा’ भएको बताए । उनले भने, “सिरियाको युद्धमा प्रत्यक्ष वा परोक्षरूपमा सम्लग्न देखिएका देशहरूबीच कुनै समझदारी नभएको स्पष्ट छ ।” परराष्ट्रमन्त्री वालिद अलम्युलेलेमले गत महिना असद सत्तामा रहन चाहँदासम्म सिरियाले उहाँलाई जिम्ेवारी दिइरहने बताउनुभएको थियो । यसले सिरियामा असदले तत्काल नेतृत्व छोड्ने सम्भावना नरहेको सङ्केत गर्छ ।

दानुराका अनुसार आगामी वर्ष राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन चाहने व्यक्तिलाई कम्तीमा ३५ संसदको लिखित समर्थन आवश्यक पर्ने सिरियाली संवैधानिक प्रावधान रहेको छ । असदलाई यूरोपेली संघ, अमेरिका लगायत अन्य पश्चिमा मुलुकको समर्थन नरहने र रूसको समर्थन पाएका असदले तत्काल नेतृत्व छोड्ने सम्भावना देखिँदैन ।

सिरियाबारे जानकार विश्लेषकहरूले राष्ट्रपति असद सत्तामा रहँदासम्म सिरियाली द्वन्द्वको अन्त्यका लागि अन्तर्राष्ट्रिय वातावरण बन्नेमा आशङ्का व्यक्त गर्ने गरेका छन् । असदलाई राष्ट्रपतिबाट हटाएर संयुक्त सरकार बनाउने विपक्षीहरूको माग र यसलाई बलियो समर्थन दिएको पश्चिमी शक्तिले असदलाई स्विकार गरेर अघि बढ्ने सम्भावनालाई यस अघि भएका सहमति प्रयास विफल हुनुले प्रष्ट पारिसकेको छ ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा )

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending